भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

आलोचनाको घेरामा यी कार्डधारी, ‘कोरोना रिमुभिङ कार्ड’ भनेर भ्रम नफैलाउन मन्त्रालयको निर्देशन

आलोचनाको घेरामा यी कार्डधारी, ‘कोरोना रिमुभिङ कार्ड’ भनेर भ्रम नफैलाउन मन्त्रालयको निर्देशन

१३ असार २०७७ काठमाडौँ । ‘कोरोना रिमुभिङ कार्ड’ ले कोरोना सर्दैन भनेर भ्रम फैलाउनेलाई कारबाही गरिने स्वास्थ्य मन्त्रालयकले जनाएको छ । समाजमा कार्ड प्रयोगको नाममा भ्रम फैलाउने जो कोहिलाई कारबाहीको दायरामा ल्याउने मन्त्रालयले जनाएको हो ।

केही साँसदसमेतले भिडेको कार्ड भित्र रहेको रसायनहरुले मुटु, कलेजोमा गम्भीर असर गर्ने भन्दै मन्त्रालयले प्रेस ब्रिफिङ्गमा सचेत गराएको छ ।
भाइरस रिमुभिङ कार्ड भिरेका सांसदहरू झपट रावल र मोहन बानियाँको तस्बीर भाइरल भएको छ । कोरोना संक्रमण रोक्न र नियन्त्रण गर्नका लागि आहिलेसम्म कुनै पनि औषधिको विकास नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले कोरोनाका नाममा भ्रम नछर्न आग्रह गर्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठकमा सहभागी नेताहरुले भाइरस संक्रमणबाट बच्न भन्दै ‘भाइरस रिमुभिङ कार्ड’ झुण्ड्याइएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ ।

संकटको घडीमा समाजमा भएका केही व्यक्तिले भ्रम फैलाउन अवसर फर्खिने गरेको जिकिर गर्दै भाइरस नसर्ने नाममा कार्ड बनाउने वा विदेशबाट ल्याएर बजारमा वितरण तथा प्रतिष्ठित व्यक्तिका गलामा झुण्ड्याएर प्रचार गर्ने कार्यप्रति मन्त्रालयले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.