भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

अस्पतालमा अधिकांश बालबालिका रहेकाले अन्यत्र सार्न असम्भव

अस्पतालमा अधिकांश बालबालिका रहेकाले अन्यत्र सार्न असम्भव

एजेन्सी । गाजाको अल कुड्स प्रमुख अस्पताल खाली गर्न इजरायलले उर्दी जारी गरेको छ । उक्त अस्पताल खाली गर्न इजरायलले उर्दी जारी गर्दै गाजास्थित प्यालेष्टाइनी सयौं घाइतेहरुको उपचार नगर्न उर्दी जारी गरेको हो ।
अस्पतालमा अधिकांश बालबालिका रहेकाले उनीहरुलाई अन्यत्र सार्न असम्भव भएको र अस्पताल वरिपरि १४ हजार नागरिकले खुला चौरमा आश्रय लिइरहेको भन्दै रेड क्रिसेन्सले इजरायलको उर्दीप्रति चिन्ता व्यक्त गरेको छ ।

हमास र इजरायलबीचको आक्रमणमा घाइते भएकाहरुले भरिएको अस्पताल तत्काल खाली गर्न असम्भव भएको जनाइएको छ । हमास र इजरायलबीचको युद्धमा ८ हजार बढी प्यालेष्टाइनीको मृत्यु भइसकेको छ भने इजरायलतर्फ १४ सय बढीको ज्यान गइसकेको छ । हाल उक्त अस्पताल वरिपरि इजरायलले हवाइ आक्रमण जारी राखेको छ ।इजरायलले गाजापट्टीमा दोश्रो चरणको आक्रमण अन्तर्गत हवाइ हमला तीब्र पारेको छ ।

 


Thali Mobile Pvt.Ltd.