भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आजदेखि कांग्रेसको प्रदेश अधिवेशन सुरु

आजदेखि कांग्रेसको प्रदेश अधिवेशन सुरु

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आज बिहीबारदेखि प्रदेश अधिवेशन सुरु भएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सात वटै प्रदेशको भर्चुअल माध्यमबाट एकैपटक उद्घाटन गर्ने तयारी भएको निर्वाचन समितिले जनाइएको छ ।

प्रदेश एकको अधिवेशन विराटनगर, प्रदेश २ को जनकपुर, बागमती प्रदेश अधिवेशन हेटौंडा, गण्डकी, लुम्बिनी अधिवेशन भैरहवा, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको अधिवेशन धनगढीमा हुने कांग्रेसले जनाएको छ । १४ औं महाधिवेशनबाट कांग्रेसले प्रदेश अधिवेशन गर्न लागेको हो । प्रदेश नेतृत्वका लागि कांग्रेसभित्र छुट्टाछुट्टै प्यानल भएका छन् ।

प्रदेश एकमा पूर्वमहामन्त्री कृष्णप्राद सिटौलाको उम्मेदवारलाई संस्थापन समूहले समर्थन गरेको छ । प्रदेश दुईमा उम्मेदवारको टुंगो लागिसकेको छैन् । बागमती प्रदेशमा सभापतिका लागि तीन जनाले उम्मेदवारी घोषणा गरेका छन् । गण्डकीमा संस्थापन समूहबाट केन्द्रीय सदस्य अर्जुन जोशीले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

लुम्बिनीमा सांसद भरत शाह उम्मेदवार बन्दैछन् । कर्णालीमा भुपेन्द्रजंग शाही प्रदेश सभापतिको उम्मेदवार बनेका छन् । सुदूरपश्चिममा उम्मेदवारको टुंगो लगाउन सकेको छैन । शुक्रबार उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने शनिबार मतदान हुनेछ ।

 


Thali Mobile Pvt.Ltd.