भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था कडा

पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था कडा

काठमाण्डौ । पशुपति क्षेत्रको सुरक्षा व्यवस्था बाला चतुर्दशी मेलाका लागि कडा पारिएको छ । पशुपतिनाथ मूल मन्दिर प्राङ्गणमा दिवङ्गत पितृका नाममा महादीपदान शुक्रबार बिहान शतबीज छर्ने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको हो । यसको तयारीका लागि पशुपति क्षेत्रमा भीडभाड बढेको छ ।

विहिबार रातभर महादीपदान गरेर बसेका भक्तजनले चतुर्दशीका दिन भोलि बिहान स्नान गरी पशुपति क्षेत्रको मृगस्थलीलगायत ठाउँमा शतबीज छर्ने गर्छन् । यसो गरेमा दिवङ्गत पितृले शान्ति पाउने धार्मिक विश्वास छ । हरेक वर्ष मंसिर कृष्ण पक्षको त्रयोदशीको रातिदेखि सुरु हुने मेलामा भक्तजनको घुइँचो लाग्ने गर्छ ।

भीड व्यवस्थापन गर्न विभिन्न ठाउँमा सुरक्षा व्यवस्था कडा पारिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा। घनश्याम खतिवडाले जानकारी दिनु भयो । उहाँका अनुसार आज बिहानदेखि भोलि दिउँसोसम्म मन्दिर प्रवेश गर्ने विभिन्न बाटोमा सबै प्रकारका गाडी प्रवेशलाई रोक लगाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.