भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

आजदेखि सार्वजनिक सवारी साधनको टिकट बुकिङ खुल्ला

आजदेखि सार्वजनिक सवारी साधनको टिकट बुकिङ खुल्ला

काठमाडौं । चाडपर्वलाई लक्षित सार्वजनिक सवारी साधनको टिकट बुकिङ खुला भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शुक्रबार बसेको सर्वपक्षीय बैठकले आजदेखि दसैँको टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार नेपाल यातायात व्यवसायी महासङ्घले चाडपर्वमा यात्रुलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्याउने जिम्मेवारी यातायात व्यवसायीको भएकाले अग्रिम टिकट बुकिङ खुलाइएको हो। उपत्यकामा झन्डै एक दर्जन स्थानबाट दसैँंको अग्रिम टिकट बुकिङ खुला गरिएको महासङ्घका अध्यक्ष विजय स्वाँरले बताए । अनलाइन र म्यानुअल दुवै तवरबाट दसैँको टिकट बुकिङ गर्न सकिने छ ।

बस सेवा डट कमको एपबाट अग्रिम बुकिङ खुला भएको दिनबाटै टिकट काट्न सकिने यातायात व्यवसायीले बताएका छन् । दसैँमा करिब १० लाखभन्दा धेरै यात्रु घर फर्किने गरेको ट्राफिक प्रहरीले जनाएको छ । दशैंको अग्रिम टिकट बुकिङ खुला गरिएको भन्दै व्यवस्थित ढङ्गले यात्रुलाई आफ्नो गन्तव्यमा पठाइने यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले दाबी गरे ।

 


Thali Mobile Pvt.Ltd.