भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

आज ज्यापू दिवसः नेवार समुदायले यःमरी मनाउँदै

आज ज्यापू दिवसः नेवार समुदायले यःमरी मनाउँदै

काठमाडौं । आज नेवार समुदायले यःमरी पर्व मनाउँदैछन् । हरेक तीस दिनमा एकपटक आउने पूर्णिमालाई आफ्नै मौलिकपना दिएर त्यसदिन फरक–फरक देवदेवीलाई पूजाआजा गर्ने परम्परा अनुसार आजको पूर्णिमालाई धान्य पूर्णिमा भनिन्छ ।

नेपालभाषी समुदायमा यस दिन यःमरी पकाएर खाने भएकाले अरु पूर्णिमामध्ये यो महत्वपूर्ण मानिन्छ ।नेपालभाषामा थिल्ला पुन्ही पनि भनिन्छ । यस दिन चामलको पीठो र चाकु तथा तिलको मिश्रण राखिएको विशेष प्रकारको यःमरी खाने भएकोले योमरी पुन्हीले बढी चर्चित छ।

देशभरका नेपालभाषीहरु यःमरी बनाएर देवदेवीलाई चढाइसकेपछि प्रसादको रुपमा यःमरी खान्छन्। पुन्ही एकदिन हुन्छ तर यःमरी पुन्ही एकदिनमात्र मनाइँदैन। यःमरी पुन्हीको भोलिपल्ट नेपालभाषीहरु आफ्ना नातागोता, छोरी, छोरीज्वाइँ, भाञ्जाभाञ्जीलाई घर बोलाएर योमरीसहितको भोज खुवाउने गर्छन्।

नेपालभाषी समुदायमा अत्यन्त महत्वपूर्ण मानिन्छ र ठूलो पुन्हीको रुपमा लिइन्छ । आजै नेवार समूदायले ज्यापू दिवस पनि मनाउँदैछन् ।

 


Thali Mobile Pvt.Ltd.