भर्खरै : Sorry, your browser does not support inline SVG.

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

आज १० औं अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

आज १० औं अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै image

काठमाडौं। आज १०औं अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘आत्म र समाजका लागि योग’ भन्ने मूल नारासहित आज योग दिवस मनाइएको हो।

दिवसको अवसरमा अष्टगा योग नेपालले नक्साल नारायणचैरमा सामुहिक योग कार्यक्रम आयोजना गरेको छ । यस कार्यक्रममा बिहानैदेखि ठूलो संख्यामा योग प्रेमीहरूले उपस्थिति जनाएका छन्।

विभिन्न उमेर समूहका सहभागीहरूले योगको विभिन्न आसन र प्राणायामको अभ्यास गरिरहेको देख्न सकिन्छ। यस अवसरमा स्वास्थ्य र मानसिक शान्तिका लागि योगको महत्त्वबारे प्रमुख वक्ताहरूले मन्तव्य व्यक्त गरेका छन्।

सन् २०१४ मा संयुक्त राष्ट्र संघको महासभाको निर्णय अनुसार २१ जुन २०१५ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।

योगले मानिसहरूको स्वास्थ्यमा सहयोग पुर्‍याउँछ, जसले शारीरिक, मानसिक र आत्मिक सन्तुलन कायम गर्न मद्दत गर्दछ। नियमित योग अभ्यासले तनाव कम गर्न, प्रतिरक्षा प्रणाली मजबुत बनाउन र दीर्घकालीन रोगहरूको जोखिम कम गर्न मद्दत गर्छ।

 

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.