भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आठबीस नगरपालिका कर्णाली प्रदेशकै उत्कृष्ठ पालिकाका बनाउने बाटोमा छौंः दिलबहादुर शाही

आठबीस नगरपालिका कर्णाली प्रदेशकै उत्कृष्ठ पालिकाका बनाउने बाटोमा छौंः दिलबहादुर शाही

आठबीस । काम पूर्ण गरेर भूक्तानी दिने परिपाटीलाई विकास गरेर लैजाने आठबीस नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर शाहीले बताएका छन् । क्वानटिटीलाई होइन, क्वालिटीलाई ध्यान दिएर नगरपालिकाको विकासलाई अघि बढाएको उनको भनाइ छ ।

अछाम, कालिकोट र दैलेखकै कृषि, जडिबुटी, फलफूलका हिसावमा यो पालिका अथाह सम्भावना बोकेको पालिका भएकोले क्वालिटी चेक गर्ने मेसिन ल्याएर यहाँको विकासलाई अगाडि बढाउने सोचमा नगरपालिका रहेको बताए । पालिकामा  छिटै मेसिन ल्याएर त्यस अनुरुप नै विकास निर्माणका कार्य अघि बढाउने बताए ।

कतिपयले नगरपालिकाकै बदनाम गर्ने उदेश्यले मुद्दा मामिला गरिदिने प्रति दुःख व्यक्त गर्दै शाहीले सबै मिलेर हाम्रो र राम्रो नगरपालिकाका रुपमा विकास गरेर लैजाने बनाए । आठबीस नगरपालिका रारा जाने पर्यटकका लागि गेटवे भएकाले यहाँको पर्यटनलाई पनि विकास गरेर लैजाने बताए ।

कैलाश खबरसंगको कुराकानीमा प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर शाहीले दुर्गम भएर पनि सुगम कसरी बनाउन सकिन्छ भनेर नगरपालिका लागि परेको बताए । विकासका सम्भावनाले भरिएको यो पालिकालाई साझेदारी प्रणालीमा लैजाने बताए । कर्णाली नदिको उपयोग गरेर पनि पर्यटकीय हबका रुपमा अगाडि बढाउने बताए ।

मेगासीटिलाई स्थानीय, राजनैतिक दल र सरोकारवालाको धान दिएर यसको विकासमा टेवा पु¥याउने र सरोकारवालाई घचघच्याउने शाहीले बताए । टुक्रे योजना भन्दा पनि एकमुष्ट र एकिकृत योजनालाई ध्यान दिएर विकासलाई अघि बढाउने निर्णय कार्यपालिकाबाट भएकोले यो वर्षदेखि भोलिको महत्वलाई बुझेर दिर्घकालिन योजनामा नगर अगाडि बढ्नेमा आशावादी भएको बताए ।

 

 


Thali Mobile Pvt.Ltd.