आठ दिनदेखि बन्द म्याग्दीको बेनी–दरबाङ सडक अझै खुल्न सकेन

आठ दिनदेखि बन्द म्याग्दीको बेनी–दरबाङ सडक अझै खुल्न सकेन image

म्याग्दी । आठ दिनदेखि बन्द रहेको म्याग्दीको बेनी–दरबाङ सडक अझै खुल्न सकेको छैन । गएको असार २७ गते रातिदेखि खस्न थालेको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।तातोपानीमा पहिरोका कारण सडक बन्द हुँदा गाडी चल्न सकेका छैनन् । यसले पश्चिम म्याग्दीका नागरिकलाई सास्ती भएको छ । सदरमुकाम बेनीबाट दैनिक उपभोग्य सामग्री गाउँतर्फ लैजान नसक्दा खाद्यान्नलगायत आवश्यक सामग्रीको अभाव भएको छ ।

गाउँमा उत्पादित तरकारी, फलफूल तथा अन्य कृषिजन्य वस्तु बिक्रीका लागि बजारसम्म ल्याउन नसक्दा खेतबारीमा खेर गएकाको किसानले गुनासो गरेका छन् । सडक डिभिजन कार्यालय, यातायात व्यवसायीले मेशिन र जनशक्ति परिचालन गरेर पहिरो पन्छाउने प्रयास गरे पनि पहिरो खस्ने क्रम नरोकिएको तातोपानीका व्यवसायी कुमार केसीले बताए । रासस

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • धवलागिरिका गौरवका आयोजना image

    धवलागिरिका गौरवका आयोजना

    म्याग्दी । धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा छवटा गौरवका आयोजना सञ्चालन गरेको छ । रु १२ करोड ६६ लाखमा ठेक्का सम्झौता भएका दुई वटा योजना बहुवर्षीय क्रमागत...

  • तनहुँ आयोजनाको भूमिगत विद्युत गृहभित्र रोटर जडान image

    तनहुँ आयोजनाको भूमिगत विद्युत गृहभित्र रोटर जडान

    तनहुँ। निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युत्गृहभित्र रोटर (विद्युतीय मोटर) जडान गरिएको छ। आयोजनाको चरण–२ अन्तर्गत भूमिगत विद्युत्गृहभित्र रोटर कार्य जडान सफल भएको हो।सिनो...

  • जैविक मल उत्पादन गर्दै ठोट्नेखोला सामुदायिक वन image

    जैविक मल उत्पादन गर्दै ठोट्नेखोला सामुदायिक वन

    गण्डकी, चैत २९। सामुदायिक वन समूहले काठको विकल्पका रूपमा अन्य वन पैदावारबाट रोजगार सिर्जनासँगै आयआर्ज गर्न सुरु गरेका छन्। वनभित्र थुप्रिएका ज्वलनशील पदार्थको उपयोग गर्दै वन समूह रोजगारीसँगै जैविक...

  • पदमार्गले जोडियो प्रसिद्ध जलजला र माटे image

    पदमार्गले जोडियो प्रसिद्ध जलजला र माटे

    पर्वत । जिल्लाको सबैभन्दा उच्च स्थानमा अवस्थित प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल जलजलादेखि माटेको लेक पुग्ने पदमार्ग निर्माण सम्पन्न भएको छ ।विश्वकै दश उत्कृष्ट पदमार्गमा सूचीकृत अन्नपूर्ण चक्रीय पदमार्गको वैकल्पिक...


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.