भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

आठ स्थानीय तहका सङ्क्रमितलाई स्वास्थ्य सामग्री वितरण

आठ स्थानीय तहका सङ्क्रमितलाई स्वास्थ्य सामग्री वितरण

कञ्चनपुर । होम आइसोलेसनमा रहेका कोरोना सङ्क्रमितको उपचारमा सघाउ पुरयाउने उद्धेश्यले आठ वटा स्थानीय तहलाई स्वास्थ्य सामग्री उपलव्ध गराइएको छ ।
कोभिड सङ्क्रमण भएका बिरामीहरुका लागि तीन सय ९८ थान होम आइशोलेसन किट नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखाको समन्वय र मर्सिकोर नेपालको सहयोगमा उपलव्ध गराइएको हो ।

वितरण गरिएका किटको मूल्य झण्डै १२ लाख बढी रहेको एमरेड परियोजनाका संयोजक महेश घिमिरेले बताए । “कोरोना सङ्क्रमितको सामान्य स्वास्थ्य जाँच गर्न सहज र थप वल पुग्ने गरी स्वास्थ्य सामग्री वितरण गरेका छौं”, उहाँले भन्नु भयो, “कोभिड संक्रमण भई घरमै होम आइशोलेसनमा बस्दै आएका बिरामीहरुका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको न्युनतम मापदण्ड अनुरुप आइसोलन तथा सरसफाई किट वितरण गरिएको छ ।”

सबै पालिकामा करिब ३९८ थान किट वितरण गरिएको छ । रेडक्रसका प्रतिनिधि र परियोजना कर्मचारीले स्थानिय तहका कार्यालयमै पुगेर सामग्री हस्तान्तरण गर्नु भएको छ । महाकाली अस्पतालको ओपिडी सेवा सञ्चालन हुने महाकाली प्रादेशिक अस्पतालको लामो समय देखि बन्द रहेको ओपिडी सेवा सञ्चालन गरिने भएको छ ।
कोरोना सङ्क्रमण बढेसंगै बन्द गरिएको ओपिडी सेवा आइतवार देखि सञ्चालनमा आउन लागेको हो ।

अस्पतालमा कोरोनाका बिरामीहरुको सङ्ख्या घटदो क्रममा रहेकाले सो सेवा सञ्चालन गरिन लागेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट हरिकुमार श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार सामाजिक दूरी कायम गरी प्रति दिन २० जनालाई उक्त सेवा दिईने छ ।

 


Thali Mobile Pvt.Ltd.