भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आठ हजार ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप

आठ हजार ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप

देउखुरी । कोरोनाविरुद्धको तेस्रो चरणको भेरोसिलको पहिलो मात्राको खोप करीब आठ हजार ज्येष्ठ नागरिकलाई लगाइएको छ । दाङमा ६२ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई कोरोनाविरुद्धको भेरोसिल खोप लगाउने काम सकिएको छ । जिल्लाभर सात हजार ९८४ जनालाई खोप लगाइएको छ । जिल्लाका दश पालिकाका करीब साढे आठ हजार ज्येष्ठ नागरिकलाई खोप लगाउने लक्ष्य लिइएकामा सात हजार ९८४ खोप लगाइएको स्वास्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दले जानकारी दिए।

स्थानीय तहले तोकेको खोप केन्द्रमा नागरिकता वा अन्य परिचय खुल्ने सरकारी कागजात र वडा कार्यालयको सिफारिसका आधारमा खोप लगाइएको चन्दले जानकारी दिए । स्थानीय तहका स्वास्थ्य शाखाका अनुसार घोराही उपमहानगरपालिकामा दुई हजार ८०१ लाई खोप लगाइएको छ । तुलसीपुरमा दुई हजार २२९, लमही नगरपालिकामा ७१९, राजपुरमा १४१, गढवामा २२०, बङ्गलाचुलीमा २१०, बबईमा ३८०, दङ्गीशरणमा ३२० र शान्तिनगरमा ४०० जनालाई खोप लगाइएको छ । राप्ती गाउँपालिकामा ६६४ जनालाई खोप लगाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.