भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

आत्मदाह गरेका आचार्य परिवारको सहयोगका लागि १३ लाख सङ्कलन

आत्मदाह गरेका आचार्य परिवारको सहयोगका लागि १३ लाख सङ्कलन

काठमाडौं । नयाँ वानेश्वर अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यका परिवारको सहयोगका लागि शुरु गरिएको अभियानमा १३ लाख अमेरिकी डलर सङ्कलन भएको हो ।

टेक्सस, अमेरिकाबाट सुरेश दर्पण पोखरेलले सञ्चालन गरेको गो फन्ड मि अभियानमा उक्त रकम सङ्कलन भएको जनाइएको छ । सो क्यम्पियनको लक्षित रकम १ दिनमै सङ्कलन भएको पोखरेलले बताए ।

आर्थिक भारलाई केही हदसम्म भए पनि न्यून गर्न र मर्माहत बन्न पुगेका २ छोरीहरूको शिक्षा दीक्षाका लागि व्यक्तिगत पहलमा क्यम्पियन मार्फत आर्थिक सहयोग सङ्कलन गरिरहेको अभियन्ता पोखरेलले बताए ।

सङ्कलित सम्पूर्ण रकम स्व.आचार्यकी श्रीमती नानुका अधिकारी आचार्यलाई यथाशीघ्र हस्तान्तरण गरिने बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.