भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

आर्थिक मन्दीका कारण १८ हजार कर्मचारी कटौती

आर्थिक मन्दीका कारण १८ हजार कर्मचारी कटौती

काठमाडौं । आर्थिक मन्दीका कारण अमेरिकी बहुराष्ट्रिय कम्पनी अमेजनले १८ हजार जना कर्मचारी कटौती गर्ने जनाएको छ । अमेरिकालगायत विश्वका ठूला अर्थतन्त्रहरु समस्यामा पर्न थालिसकको अवस्थामा ठूला बहुराष्ट्रिय कम्पनीहरुले खर्च कटौती गर्ने योजना अन्र्तरगत उक्त कम्पनीले १८ हजार कर्मचारीलाई कटौती गर्ने जनएको हो ।

जनवरी १८ सम्ममा कटौतीमा पर्ने कर्मचारीहरुलाई सूचित गरिसक्ने कम्पनीले जनाएको छ । कहाँ कार्यरत कर्मचारीहरु कटौतीमा पर्नेछन भन्ने नखुलाएइए पनि अमेजनको स्टोर, जनसम्पर्क र प्राविधिक क्षेत्र बढी प्रभावित हुने उल्लेख गरिएको छ । मन्दीको संकेत देखिएपछि थुप्रै नयाँ योजनाहरु पनि स्थगित गरेको अमेजनले कर्मचारी भर्ना र गोदामहरुको विस्तार समेत रोकेको छ । कम्पनीले तीन लाख कर्मचारी मध्ये ६ प्रतिशत अर्थात १८ हजार रोजगारी कटौती गर्ने बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.