१३ असार २०७७ काठमाडौँ । ‘कोरोना रिमुभिङ कार्ड’ ले कोरोना सर्दैन भनेर भ्रम फैलाउनेलाई कारबाही गरिने स्वास्थ्य मन्त्रालयकले जनाएको छ । समाजमा कार्ड प्रयोगको नाममा भ्रम फैलाउने जो कोहिलाई कारबाहीको दायरामा ल्याउने मन्त्रालयले जनाएको हो ।
केही साँसदसमेतले भिडेको कार्ड भित्र रहेको रसायनहरुले मुटु, कलेजोमा गम्भीर असर गर्ने भन्दै मन्त्रालयले प्रेस ब्रिफिङ्गमा सचेत गराएको छ ।
भाइरस रिमुभिङ कार्ड भिरेका सांसदहरू झपट रावल र मोहन बानियाँको तस्बीर भाइरल भएको छ । कोरोना संक्रमण रोक्न र नियन्त्रण गर्नका लागि आहिलेसम्म कुनै पनि औषधिको विकास नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले कोरोनाका नाममा भ्रम नछर्न आग्रह गर्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठकमा सहभागी नेताहरुले भाइरस संक्रमणबाट बच्न भन्दै ‘भाइरस रिमुभिङ कार्ड’ झुण्ड्याइएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ ।
संकटको घडीमा समाजमा भएका केही व्यक्तिले भ्रम फैलाउन अवसर फर्खिने गरेको जिकिर गर्दै भाइरस नसर्ने नाममा कार्ड बनाउने वा विदेशबाट ल्याएर बजारमा वितरण तथा प्रतिष्ठित व्यक्तिका गलामा झुण्ड्याएर प्रचार गर्ने कार्यप्रति मन्त्रालयले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
झापा, १५ बैशाख । झापाको हल्दीबारी गाउँपालिका-५ त्रिवेणी चोकमा गएको राति आएको हावाहुरीले टिनको छाना भएको घर भत्किँदा ६५ वर्षीय मानबहादुर मगरको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय झापाका...
मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी खोलामा धमाधम मोटरेबल पुल निर्माण भइरहेको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास...
भक्तपुर, १ जेठ । भक्तपुरको गठ्ठाघरमा अधुरो रहेको किरियापुत्री भवन निर्माण सम्पन्न गर्न आगामी जेठ ४ गतेदेखि श्रीमद्भागवत महायज्ञ हुने भएको छ। सनातन पितृमुक्ति समाज गठ्ठाघरको आयोजनामा हुने महायज्ञबाट...
म्याग्दी, १ जेठ । विगत तीन दशकयता यहाँको ऐतिहासिकस्थल ज्यामरुककोट क्षेत्रका दुई दर्जनभन्दा बढी कुवा र पँधेराहरु नासिएका छन् । तत्कालीन पर्वत राज्यअन्तर्गतको शक्तिशाली ज्यामरुककोटमा १७औँ शताब्दीमा ज्यामरुके राजा...