भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले आविष्कारहरुले मानव जगतको हितको निम्ति मात्र नभई विनासको रुपमा पनि काम गरेको बताउनुभएको छ । कम्प्युटर, विद्युत, विद्युतीय वस्तुहरू र वर्तमान सूचना प्रविधिहरूको अन्तर्राष्ट्रिय सम्मेलनको आयोजनाको निम्ति ख्वप इञ्जिनियरिङ कलेज र कलेज अफ इञ्जिनियरिङको संयुक्त आयोजनामा हुँदै गरेको भेलाको निम्ति आफू पनि सहभागी हुने अवसरको निम्ति दुवै कलेजका आयोजकलाई दिदै अध्यक्ष विजुक्छेंले उक्त कुरा बताउनुभएको हो ।
उहाँले सहभागी सबै देश र विदेशका कलेज–विश्वविद्यालयहरू तथा संघ–संस्थाहरूसंग सम्बन्धित सहभागी मित्रहरूलाई भक्तपुर, नेपालको एक जिम्मेवार नागरिकहरूको तर्फबाट स्वागत गर्दै प्रस्तुति र छलफलबाट एक महत्वपूर्ण प्राविधिक निष्कर्षहरूमा पुग्नेबारे शुभकामना दिनुभयो । इन्टरनेट, कम्प्युटर, विद्युतीय सामग्रीहरू एवं नव सञ्चार व्यवस्थाको कारण संसारले व्यवहार र विचारमा एक गाउँ र परिवारको रूप लिँदैछ । केही वर्ष पहिलेसम्म टाढाका महादेशहरूका समाचारहरू त्यसै रात टिभी र रेडियोबाट थाहापाउँथ्याँ तर आज कम्प्युटर र मोबाइल इन्टरनेटको उपलब्धताले हरेक क्षणका घटनाको समाचारहरू र जानकारीहरू तत्कालै पाउने जानकारी दिनुभयो ।
सञ्चार र प्रविधिको कारण गत कोरोना–कालको हाहाकारको समयमै अभौतिक रूपमा भएका अन्तर्राष्ट्रिय सेमिनार, सम्मेलन र जानकारीहरूको आदान प्रदान एवं छलफलहरूबाट विज्ञान र प्रविधिको नयाँ युगको प्रत्यक्ष अनुभव हामीले गर्यौँ। तर व्यापार र व्यवसायस“ग नजिकको मोबाइल तथा कम्प्युटर लगायत सूचना प्रविधिको जुन तेज गतिले संसारमा प्रचार र उपयोग शुरु भयो आज “अटोमेशन्” (ब्गतयmबतष्यल) अर्थात् स्वयंचालित उपभोग्य वस्तु र उपकरणहरू मात्रै होइन कृत्रिम बौद्धितका अर्थात् ब्क्ष् बारे पनि ठूलो छलफल व्यापक रूपमा चल्दैछ ।
आविष्कारहरू निश्चय पनि विस्मयकारी छन् र मानव जातिको बौद्धिक शक्तिको उदाहरण पनि हो । तर, सबै आविष्कारहरू मानव जगतको हितको निम्ति मात्र नभई मानव जगतको संहारकका रूपमा पनि उपयोग हु“दैछ । एक महाशक्तिले प्रयोग गर्ने जैविक, आणविक र रासायनिक हतियारको प्रयोगले वर्तमान मानव समाजको मात्र होइन निर्दोष भविष्यका मानव जाति पनि त्यसको नकारात्मक र विकराल परिणाम भोग्न बाध्य हुन्छ । यसकारण, अनेक विनाशक हातहतियारको उत्पादन र प्रयोगमा समेत सीमाबद्धताको आशा संसारले गर्दैछ ।
तर जो सबभन्दा बढी जिम्मेवार हुनुपर्ने शक्तिशाली पक्ष छ, उसैको निरंकुश चरित्रको कारण जसरी अविष्कारको नकारात्मक पक्षबाट मानव जाति आक्रान्त छ त्यस्तै कृत्रिम बौदिकताको बढ्दै गरेको चमत्कारिक सम्भावित सफलताको नकारात्मक परिणामहरूबारे सधैं चिन्तित हुनु विवेक र भविष्यप्रतिको जिम्मेवारीबोध मान्नु उचित भएको बताउनुभयो । भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले संसार आज डिजिटल युगमा प्रवेश गरिसकेको छ । सूचना प्रविधिको विकासले संसारको कुनै पनि ठाउँ अब टाढा रहेन । टाइप राइटर र लिथो प्रविधिबाट शुरु भएका प्रकाशनहरु आज भू उपग्रहको माध्यमबाट रेडियो, टेलिभिजन, अनलाइन मिडिया जस्ता ठूल्ठूला संचार गृहहरुको रुपमा विकास
भएका छन् । प्रविधिको विकासले मानिसले छिटो छरिटो सेवा सुविधाहरु प्राप्त गर्न सकेको बताउनुभयो ।
विज्ञान र प्रविधिको विकासमा अगाडि बढेको देश आर्थिक र साँस्कृतिक रुपमा पनि अगाडि बढेको पाउँर्छौ । सन् १९४९ मा चीनमा समाजवादी क्रान्ति हुँदा एक अमेरिकी विदेशमन्त्रीले ५० करोड जनता भोकमरीमा रहेको बताएका थिए । आज १ अर्ब ४० करोड भन्दा बढी जनसंख्या भएको त्यही चीनले विश्वको दोश्रो अर्थतन्त्र भएको देशको रुपमा विकास गर्यो र कृषिमा आधुनिक प्रविधि तथा सूचना प्रविधिको विकास गरी ग्रामिण अर्थतन्त्र उकासेर छोटो समयावधिमै ७७ करोड जनतालाई गरिबी मुक्त गर्न चीन सफल भएको बताउनुभयो ।
संयुक्त राष्ट्र संघको सहस्राब्दी लक्ष्यअनुसार सन् २०३०सम्ममा विश्वलाई गरिबीबाट मुक्त गर्ने भन्ने रहेकोमा चीनले १० वर्ष अघि नै त्यो लक्ष्य पूरा गर्यो । आधुनिक विज्ञान र प्रविधिको विकासले नै त्यो सम्भव भएको हो । प्रजग कोरिया, क्यूवालगायत समाजवादी देशहरुले नयाँ नयाँ प्रविधि व्यापक जनताको हित र देशको सम्बृद्धीको लागि प्रयोग गर्दै छन् भने बेलायत, फ्रान्स,जापान र संरा. अमेरिकाजस्ता पूजीवादी र साम्राज्यवादी देशहरुले आफ्नो स्वार्थ पूरा गर्न र नाफा कमाउन तथा विश्वमा आफ्नो प्रभूत्व जमाइ राख्न प्रयोग गर्दै आएको बताउनुभयो ।