भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह |

इन्टर्नसिप गर्न आएकी युवतीलाई यौन दुर्व्यवहार गरेका कारण स्वास्थ्य अनुसन्धान परिषदका कर्मचारी निलम्बित

इन्टर्नसिप गर्न आएकी युवतीलाई यौन दुर्व्यवहार गरेका कारण स्वास्थ्य अनुसन्धान परिषदका कर्मचारी निलम्बित

काठमाडौं । इन्टर्नसिपमा आएकी एक युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का तालिम अधिकृत विजयकुमार झालाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

युवतीले आफूमाथि दुर्व्यवहार भएको निवेदनका आधारमा सोधपुछ गर्दा घटना भएको पाइएपछि झालाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाइएको हो । यस बिषयमा छानबिन समिति गठन गरिएको परिषद्का कार्यकारी सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताए ।

उनले भने, ‘झालाई निलम्बन गरेर कारबाही प्रक्रिया अगाडि बढाइएको छ, यस विषयमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।’ २०७६ सालमा पनि झाले महिला सहकर्मीमाथि यौन दुर्व्यवहार गरेका थिए । त्यसबेला दुई महिना निलम्बन निलम्बन गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.