भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह

उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह

काठमाण्डौ । वर्षातको मौसममा हुनसक्ने दुर्घटनाबाट बच्च बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । सुनसरी, मोरङ र सप्तरीमा ठूलो वर्षा भइरहेकाले सजग रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको हो । मनसुनी प्रणाली पूर्वी क्षेत्रमा बढी सक्रिय भएकाले त्यहाँका केही ठाउँमा आरीघोप्टे पानी परेको जनाएको छ ।

सुनसरीको इटहरी, मोरङको लेटाङ तथा हरैचा आसपास अति ठूलो पानी परेकाले बाढी र डुबानको जोखिम बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
पछिल्लो तीन घण्टामा मात्रै यी जिल्लामा एक सय मिलिलिटरभन्दा धेरै पानी परेको छ । सामान्यतया २४ घण्टामा यति धेरै पानी पर्ने हुन्छ ।

बिहान ११ बजेसम्म नै यी क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । सप्तरीको बर्माजियामा पनि अति ठूलो वर्षा भएको छ । बाढी पहिरोको जोखिम रहेकाले त्यहाँ पनि सतर्कता अपनाउन मौसमविद्ले जनाएका छन् । त्यहाँका बुढीखोला, खेसलिया, सुनसरी खोला, लोहन्द्रालगायत साना खोलामा आकस्मिक बाढीका साथै होचा ठाउँमा डुबानको उच्च जोखिम छ ।

 


Thali Mobile Pvt.Ltd.