भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

उत्कृष्ट विचार अंगाल्न राष्ट्रपति सी चिङफिङको आग्रह

उत्कृष्ट विचार अंगाल्न राष्ट्रपति सी चिङफिङको आग्रह

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिङफिङले उत्कृष्ट विचार अंगाल्न आग्रह गरेका छन् । बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) विदेश विभागद्वारा आयोजित बर्ल्ड पोलिटिकल समिटलाई सम्बोधन गर्दै राष्ट्रपति सी चिङफिङले राजनीतिक दलहरुसँग साझा विश्वव्यापी प्रगतिका लागि उत्कृष्ट विचार अंगाल्न आग्रह गरेका हुन । महान समयले भव्य वास्तुकलाको आह्वान गर्दछ, र भव्य वास्तुकलाले विशाल विश्व दृष्टिकोणको माग गर्दछ’ सीले भने, ‘साझा भविष्यको साथ विश्वव्यापी समुदायको परिप्रेक्ष्यमा हेर्दा विश्व एक विशाल र व्यापक स्थान हो जहाँ सहयोगका अवसरहरू पूर्ण छन्।’

महासचिव सीले विश्वका राजनीतिक दलहरुलाई मानव जातिको भलाई र प्रगतिका लागि ऐतिहासिक जिम्मेवारी निभाउन आह्वान गरे । राष्ट्रपति सीले अन्तराष्ट्रिय नियम केही सीमित र राष्ट्रप्रेरित नभै सार्वभौम रुपले मान्यताप्राप्त मापदण्डको आधारमा हुनुपर्ने जिकिर गरे । उनले देशहरुबीच सहयोग गर्दा राजनीतिक आधिपत्य गर्न नभै सिंगो मानव जातिको सेवा गर्ने हिसाबले हुनुपर्ने धारणा राखे । महासचिव सीले कोरोना महामारीलाई राजनीतिकरण र भौगोलिक लेवल नजोड्न चेतावनी दिए । सीले कोभिड—१९ विरुद्ध विज्ञानमा आधारित प्रतिक्रिया दिनुपर्ने बताउँदै उनले एकजुट भएर महामारी विरुद्ध जुध्नुपर्ने धारणा राखे ।

 


Thali Mobile Pvt.Ltd.