भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बागलुङको ताराखोलाको बाढीमा बाढि र पहिरोको वितण्डा

बागलुङको ताराखोलाको बाढीमा बाढि र पहिरोको वितण्डा

बागलुङ । बाढि र पहिरोका कारण बागलुङको ताराखोलाको एक जना बेपत्ता भएका छन् । निरन्तर वर्षाका कारण बागलुङको ताराखोला गाउँपालिका घुस्मेलीका १८ वर्षीय राजेन्द्र कार्की बेपत्ता भएका हुन । बाढीले स्थानीय चन्द्र कार्कीको ४१ वटा बाख्रा पुरेको छ । जस मध्ये अहिलेसम्म १० वटा जिवित र २७ वटा मृत बाख्रा निकालिएको प्रहरीले जनाएको छ ।

बागलुङको ताराखोलाको बाढीमा परि एक जना बेपत्ता, पहिरोमा पुरिएर २७ बाख्रा मरे, घुस्मेली बजार जोखिममा बजार क्षेत्रका करिब २५ घर परिवारलाई रातिनै सुरक्षित स्थानमा सारिएको जनाइएको छ । वर्षाका कारण इदि टोलबाट झरेको पहिरो र बाढीले स्थानीय ध्रुव खत्रीले संचालन गरेको रेष्टुरेन्ट समेत बगाएको छ । बाढी संगै खोलामा पानीको बहाब बढेर घुस्मेलि बजार क्षेत्रमा पस्न थालेको स्थानीयको भनाई छ ।

 


Thali Mobile Pvt.Ltd.