भर्खरै : Sorry, your browser does not support inline SVG.
उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा | डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको दबाब, जनशक्ति अभावप्रति चिन्ता | ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका ५ सांसद सूचीमा | प्रधानमन्त्री बालेनसँग इयूका राजदूत र मिसन प्रमुखको भेट, द्विपक्षीय सहकार्यबारे छलफल | अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै |

उपत्यकामा कर्फ्यू लगाउन माग, CDO को संयुक्त बैठक जारी

उपत्यकामा कर्फ्यू लगाउन माग, CDO को संयुक्त बैठक जारी

काठमाडौं । मेयरहरुको संस्था उपत्यका नगरपालिका मेयर फोरमले कर्फ्यू आदेश जारी गरी निषेधाज्ञालाई कडाई गर्नुपर्ने बताएको छ । काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएपछि भर्चुअल बैठक बस्दै आएको मेयर फोरमले उपत्यकामा थप कडा बनाउन कफ्यू नै लगाउनुपर्ने सुझाव दिएको हो ।

मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले फोरमको भर्चुअल बैठकले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई कर्फ्यू आदेश जारी गर्न सुझाव दिएको बताए। १५ दिनसम्म निषेधाज्ञा जारी गर्दा संक्रमण फैलिन नपाएको समीक्षा गर्दै फोरमले निषेधाज्ञाले मानिसहरुको हिडडूल पूर्ण नियन्त्रण नभएकाले संक्रमणलाई पूर्ण रुपमा नियन्त्रणमा लिन कर्फ्यू नै उत्तम विकल्प भएको निचोड निकालिएको श्रेष्ठले बताए ।

कफ्यू लगाउनुअघि केही दिन अत्यावश्यक सामग्री किनमेलका लागि सहज बनाउने सुझाव दिएको उनको भनाई छ । काठमाडौं, भक्तपुर र ललितपुरमा जारी निषेधाज्ञा आज ९बुधबार० रातीदेखि सकिदैछ। अब भोलिदेखि के गर्ने भन्ने निर्णय गर्न उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसिरहेको छ। File photo use

 


Thali Mobile Pvt.Ltd.