भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

थप ११२० जनामा संक्रमण, नेपालमा संक्रमितको संख्या ४१,६४९ पुग्दा २५१ जनाको मृत्यु (भिडियोसहित)

थप ११२० जनामा संक्रमण, नेपालमा संक्रमितको संख्या ४१,६४९ पुग्दा २५१ जनाको मृत्यु (भिडियोसहित)

काठमाडौं । नेपालमा थप ११२० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ४१ हजार ६४९ पुगेको छ। काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ संक्रमित थपिएका छन्। देशभर ७६१५ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा थप १११२ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म २३ हजार २९० उपचारपछि निको भएका छन्।

भिडियो हेर्न यहाँ थिच्निुहोस्…

https://www.facebook.com/Kailashkhabarnews/videos/252780119143960/

मृत्यु, मृतकको संख्या २५१ पुग्यो
नेपालमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या २ सय ५१ पुगेको छ। पछिल्लो २४ घन्टामा आठ वटा जिल्लाका ६ महिला र ६ पुरुष गरी १२ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

काठमाडौं र चितवनमा मात्र ३,३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । चितवनमा ५५ र १८ वर्षीया महिला, ६५ वर्षीय पुरुष, काठमाडौंमा ८९ वर्षीया महिला, ७० र ७५ वर्षीय पुरुषको मृत्यु भएको छ । ललितपुरमा ७०, तनहुँमा २० र कपिलवस्तुमा ६० वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। बारामा ९७, भक्तपुरमा ४० र धादिङमा ४७ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमितको मृत्युदुर शून्य दशमलव ६ प्रतिशत रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.