भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

एएफसी कप २०२१ को प्रारम्भिक खेलमा त्रिभुवन आर्मी र श्रीलङ्का पुलीसबीच प्रतिस्पर्धा

एएफसी कप २०२१ को प्रारम्भिक खेलमा त्रिभुवन आर्मी र श्रीलङ्का पुलीसबीच प्रतिस्पर्धा

काठमाडौं । एएफसी कप २०२१ प्रारम्भिक चरणअन्तर्गत त्रिभुवन आर्मी क्लब र श्रीलङ्का पुलीसबीच यही चैत २५ गते प्रतिस्पर्धा हुने भएको छ । दशरथ रङ्गशालामा दिउँसो ३ बजे हुने उक्त खेल नकाउटका आधारमा खेलाइने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रका प्रमुख ब्रजेश महर्जनले जानकारी दिनुभयो ।

उक्त प्रतियोगितामा भाग लिन श्रीलङ्कन टोली चैत २२ र २३ गते काठमाडौँ आउने भएको छ । उक्त प्रतियोगिताका हेर्नका लागि विशिष्ट श्रेणीका लागि रु ५०० र साधारणतर्फ रु ३०० शुल्क कायम गरिएको बताइएको छ । सो प्रतियोगिताका तयारीका लागि आर्मीका खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको छ । प्रतियोगिताका लागि रु २० लाख खर्च लाग्ने अनुमान गरिएको एन्फाका प्रवक्ता किरण राईले जानकारी दिनुभयो । आर्मी क्लबले श्रीलङ्कका टिमलाई सशक्त प्रतिस्पर्धी टिमकैरुपमा लिएको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.