भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

एकल महिलाको हत्या आरोपमा ३ जना थुनामा

एकल महिलाको हत्या आरोपमा ३ जना थुनामा

धरान । समूहमा आएर एकल महिला उषा राईलाई कुटपिटपछि हत्या मुद्दामा ३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

आरोपित एक जना धरौटीमा छुटेपनि सुनसरी जिल्ला अदालतले ३ जनाई थुन्न आदेश दिएको हो । न्यायाधीश पुण्यप्रसाद सापकोटाको इजलाशले उषा राईलाई कुटपिट गर्ने मुख्य आरोपी उर्मिला राई, सुसेली राई र सुमित्रा राईलाई थुनामा पठाउने आदेश दिएको हो ।

आरोपी रत्ना सुब्बालाई भने १ लाख धरौटी लिएर छाड्न आदेश दिएको छ ।आदेशअनुसार ३ जनालाई कोभिड परीक्षणपछि झुम्का कारागारमा पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले बताए ।

आरोपित निरकुमारी गुरुङ, सिर्जना राई र मिना राई फरार छन् । मुख्य आरोपी उर्मिलाले आफ्नो श्रीमानसँग नजिकिएको आशंकामा आफन्त र छरछिमेकी महिलाहरुसहित पुगेर कात्तिक ३ गते उषा राईलाई कुटेकी थिइन् ।

कुटपिटबाट घाइते भएकी उषाको उपचारकै क्रममा मंसिर १३ गते मृत्यु भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.