भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

हिमाली भू–भागमा हिमपातको सम्भावना

हिमाली भू–भागमा हिमपातको सम्भावना

काठमाडौं । देशका हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार पहाडी भू–भागमा आंशिक रुपमा सामान्य बदली भएपनि हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भए पन तराईका भू–भागहरुमा हुस्सु र कुहिरो लागेको जनाइएको छ ।

शुक्रबार राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भए पनि बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ भने प्रदेश–१, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना समेत रहेको छ। शुक्रबार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुनेछ भने बाँकी भू–भागमा आंशिक र केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

 


Thali Mobile Pvt.Ltd.