भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

एकैदिन थपिए ८८५ संक्रमित ११ काे मृत्यु, नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार नाघ्यो (भिडियो)

एकैदिन थपिए ८८५ संक्रमित ११ काे मृत्यु, नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार नाघ्यो (भिडियो)

काठमाडौं । नेपालमा थप ८८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ जना पुगेको छ ।

कहाँ कति थपिए ?
प्रदेश १ का जिल्लाहरुमा खोटाङका एकजना, झापाका १६ जना, तोह्रथुमका ८ जना, पाँचथरका ४ जना, मोरङका १३ जना र सुनसरीका ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश २ का जिल्लाहरुमा धनुषका ४३ जना, पर्साका एकजना, बाराका २४ जना, महोत्तरीका १८ जना, रौतहटका २० जना, सप्तरीका एकजना, सर्लाहीका १२० जना र सिरहाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका २३० जना, काभ्रेका २१, चितवनका ४२ जना, दोलखाका २ जना, धादिङका २ जना, भक्तपुरका २४ जना, मकवानपुरका १८ जना, रामेछापका एकजना, ललितपुरका ४७ जना र सिन्धुपाल्चोकका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका ४ जना, गोरखाका एकजना, नवलपरासी पूर्वका ७ जना, लमजुङका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश ५ का जिल्लाहरुमा अर्घाखाँचीका एकजना, कपिलवस्तुका ४ जना, दाङका १६ जना, नवलपरासीका २ जना, प्युठानका २२ जना, बर्दियाका एकजना, बाँकेका ४ जना, रुपन्देहीका १९ र रोल्पाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशका जिल्लाहरुमा जाजरकोटका एकजना, दैलेखका एकजना, सल्यानका एकजना, सुर्खेतका ७ जना जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हेर्नुहाेस् भिडियाे…

https://www.facebook.com/Kailashkhabarnews/videos/435795037335936/

सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा कंचनपुरका २ जना, कैलालीका २९ जना, डडेल्धुराका २ जना, डोटीका २ जना र अछामका २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज ३८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १९ हजार ५०४ पुगेको छ ।

उपत्यकामा अहिलेसम्मकै बढी, थपिए ३०१ संक्रमित
काठमाडौं उपत्यकामा ३०१ जनामा कोरोना संक्रमण भेटिएको छ । योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ हजार २० पुगेको छ । बुधबार काठमाडौंमा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा एकै दिन संक्रमित हुनेको संख्या यो अहिलेसम्मकै बढी हो ।

कुन प्रदेशमा कति ?
प्रदेश १ मा १३५६ जना
प्रदेश २ मा ४३१५ जना
वाग्मती प्रदेश ९१९ जना
गण्डकी प्रदेशमा १६५२ जना
प्रदेश ५ मा ४६५१ जना
कर्णाली प्रदेशमा २०१७ जना
सुदूरपश्चिम प्रदेशमा ४५९४ जना
थप ११ जनाको कोरोनाका कारण मृत्यु भएसँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या १७५ पुगेको छ ।

 


Thali Mobile Pvt.Ltd.