भर्खरै : Sorry, your browser does not support inline SVG.

सहयाेगकाे अपेक्षा : धेरै पढ्छु भन्थ्यो, अहिले यस्तो अवस्थामा पुग्यो, झक्कका बुबा

सहयाेगकाे अपेक्षा : धेरै पढ्छु भन्थ्यो, अहिले यस्तो अवस्थामा पुग्यो, झक्कका बुबा

काठमाडौं । छोराछोरी पढाउनका लागि काठमाडौ पुगेका दैलेख चामुण्डा विन्द्रासैनी नगरपालिका वडा नंं ७ गान्जाका जीतबहादुर विश्वकर्मा एउटा कुखुरा फारममा काममा लागे । १० वर्षका छोरा झक्क बहादुर विकलाइ काठमाडौं नेपालटारको एउटा स्कुलमा पढ्न भर्ना गरे । पढाइ पनि राम्रै थियो ।

पुसमा स्कुल गएर घर फर्किएका झक्क बहादुर कोठामा राखेको पेट्रोलमा अचानक आगलागि भयो । सोही आगलागिले उनको पुरै शरीर जल्न गयो । कोठामै उनी जलेर थला परे । बुबा कामबाट फर्किएपछि कोठाको अवस्था देख्दा उनी अर्धचेत अवस्थामा छोरालाइ अस्पताल लगे । अहिले कान्तिबाल अस्पताल काठमाडाैंमा छोरा झक्क बहादुरको उपचार गराइरहेका छन्, तर आफुसंग ज्यालादारी गरेको पैसाले उनको उपचार सम्भव छैन् । जेनतेन उपचार भइरहेकाे छ ।

अस्पतालमा उपचार गराउदा गराउदै कोरोना महामारी आयो । महामारीका कारण लकडाउन भयो । फेरी निषेधाज्ञा उनको उपचारमा झन समस्याको तगारो भएर आयो । घाइते झक्कबहादुरको अहिले विस्तारै घाँटीको भाग छोटो हुदै गएको छ । बुबा अर्धचेत अवस्थामा पैसाको जोहो कसरी गरौं भन्दै छोराको जीवन बचाइदिन सहयोगी मनहरूलाइ गुहार मागीरहेका छन् ।

अस्पतालमा उपचारका लागि छटपटीमा रहेका झक्क बहादुर जीवन र मरणको अवस्थामा छन् । थोरै भएपनि सहयोगीहातहरूले सहयोग गरीदिए छोरालाइ बचाउन सकिथ्यो भन्दै विलौना गरिरहेका छन् । आगोले शरीर पुरै जलेकाले उनको उपचार धेरै खर्चको व्यवस्था गर्नु पर्ने छ । गरिबीले बज्रपात नै पारेकोले छोरा जलेर अस्पताल भर्ना भएको सुनाउदै बुबा जीत बहादुरले परिवार विक्षिप्त बनेको बताए ।

परिवारका सबै सदस्यको दुःखमा परेका छन् । ‘ऋण गरेर अहिले सम्म उपचार गराएँ अब बाँकी दिन झन अप्ठारो भएर आउने छन्’ भन्दै जीतबहादुरले कैलाश खबरसंग चिन्ता व्यक्त गरे । मनकारी व्यक्ती तथा सहयोगीहातहरूको अहिले झक्क बहादुर विकलाइ खाँचो छ । अस्पतालको बेडमा सहयोगको याचना गरिरहेका झक्क बहादुर विकको जीवन तपाइको एक सहयोगले भरीपुर्ण हुनेछ । थप जानकारीका लागि ९८४१६१६१०७ (9841616107) / ९८६८६५१३३४ (9868651334)मा पनि सम्पर्क गर्न सकिने छ ।

 


Thali Mobile Pvt.Ltd.