एकैदिन १२ हजारभन्दा बढीको मृत्यु

एकैदिन १२ हजारभन्दा बढीको मृत्यु

काठमाडौँ । दोस्रो लहरको संक्रमण तीब्र हुँदा मृतक संख्यामा फेरि नयाँ रेकर्ड कायम भएको छ । बिहिबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १२ हजार ३०९ संक्रमितको मृत्यु भएको छ ।

एकै दिन मृत्यु भएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो । कोरोना हालसम्म विश्वका २ सय १८ मुलुकमा फैलिएको छ । युरोपमा मात्रै पछिल्लो २४ घण्टामा ५ हजार ३ सय २८ जनाको मृत्यु भएको छ ।

एसियामा सबैभन्दा धेरै भारतमा १ लाख ३८ हजार ६५७ जनाको मृत्यु भएको छ । मृतकका आधारमा धेरै प्रभावित भएको मुलुकमा भारत विश्वमै तेस्रो स्थानमा छ ।

 


Thali Mobile Pvt.Ltd.