काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेपालमा एकै दिन २१४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ९ सय ६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ । निको हुनेको संख्या ३ लाख २१ हजार ५१८ जना पुगेको छ। पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २०७ जना पुगेको छ भने मृतकको कुल संख्या ४४६६ जना रहेको छ । अधिकांश जिल्लामा दोस्रो लहरको कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएपनि संक्रमित हुने क्रम बढिरहेको छ ।
