भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

एक सय रुपैयाँले तीनजना प्रहरी हिरासतमा

एक सय रुपैयाँले तीनजना प्रहरी हिरासतमा

सिन्धुली । डिउटीमा खटिएका प्रहरीलाई आर्थिक प्रलोभनमा पारेर एक सय रुपैयाँ घुस दिंदा सिन्धुलीमा तीनजना सवारी चालक र सहचालक प्रहरी नियन्त्रणमा परेका छन्। प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने तीन जनालाई नियन्त्रणमा लिइएको हो।

उदयपुरबाट बीपी राजमार्ग हुँदै काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख ३०७८ नम्बरको हायस समय अघि नै खुर्कोट चेकपोष्टमा पुगी टामइमकार्ड इन्ट्री गराउने क्रममा प्रहरीलाई एक सय रुपैयाँ घुस खुवाउन खोज्दा उक्त हायसका चालक गाईघाट नगरपालिका ११ उदयपुरका वर्ष २८ का मनोजकुमार तामाङ प्रहरी नियन्त्रणमा परेका हुन् ।

यस्तै सहचालक महोत्तरी नगरपालिका १० का वर्ष १९ का सुनिल शाहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता तथा डिएसपी मनोजकुमार लामाले बताए। सहचालक शाहले टाइम कार्ड भित्र एक सय रुपैयाँ राखेर प्रहरीलाई घुस दिएर समय मिलाउन खोजेका थिए।

 


Thali Mobile Pvt.Ltd.