भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

एग्री सेन्टरद्वारा किसानलाई परिचयपत्र

एग्री सेन्टरद्वारा किसानलाई परिचयपत्र

झापा । एग्री सेन्टर प्रालि झापाले सर्वसुलभ मूल्यमा किसानलाई मल, बीउ, कृषि औजार उपलब्ध गराउने उद्देश्यले ‘किसान परिचय पत्र’ वितरण शुरु गरेको छ । झापा गाउँपालिका–३ मा रहेको सेन्टरले सामान्य मापदण्ड बनाएर नमूनाका रूपमा किसान परिचयपत्र वितरण शुरु गरेको हो । किसानलाई परिचय पत्र वितरण गर्ने यो जिल्लाकै पहिलो संस्था हो ।

किसानलाई प्रोत्साहन गर्न र युवा वर्गलाई कृषि पेशातर्फ आकर्षण गर्न किसान परिचयपत्र वितरण शुरु गरिएको सेन्टरका अध्यक्ष चन्द्रप्रसाद बस्नेतले बताउनुभयो । उहाँका अनुसार सेन्टरले परिचयपत्र प्राप्त गर्न नेपाली नागरिकता, नेपालमै स्थायी बसोवास, कृषिमा आत्मनिर्भर हुँदै आएको, घरमा विद्युतीय मिटर जडान गरेको, जग्गाको परिचय खुल्ने विवरण र फौजदारी अभियोग नलागेका व्यक्ति हुनुपर्ने मापदण्ड बनाएको छ ।

सोहीअनुरूप तीन दिन अघिदेखि वितरण शुरु गरेको सेन्टरले सबै मापदण्ड पुगेका सोही गाउँपालिका २५ किसानलाई परिचयपत्र वितरण गरिसकेको उहाँले बताउनुभयो । परिचयपत्र वितरणपछि टोकन प्रणाली लागू गर्ने र किसानले खरिद गरेको मल, बीउ, कृषि औजारलगायतमा मूल्य र परिमाणका आधारमा १० प्रतिशतसम्म छुट दिने उहाँको भनाइ छ । “हामी परिचयपत्र पाएका किसानले उत्पादन गरेका कृषिजन्य वस्तु आफैँ खरिद गरिदिन्छौँ”, उहाँले भन्नुभयो, “यसले किसानले पाउनुपर्ने सही मूल्य पाउँछन् । विचौलिया हावी हुन पाउँदैनन् ।”

उहाँले किसानको वर्गीकरण नगरी परिचयपत्र वितरण गरेको बताउँदै यसले सरकारले परिकल्पना गरेको समृद्ध नेपाललाई विशेष सहयोग पुग्ने बताउनुभयो । यस पालिकाबाट शुरु गरेको अभियानलाई चाँडै पन्ध्रै पालिकासँग समन्वय गरेर जिल्लाभरिका किसानलाई परिचयपत्र वितरण गर्ने योजना रहेको अध्यक्ष बस्नेतले बताउनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.