भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

एनआरएनए कोरियाको आठौँ अधिवेशन सम्पन्न, अध्यक्षमा दीपक पुनः निर्वाचित

एनआरएनए कोरियाको आठौँ अधिवेशन सम्पन्न, अध्यक्षमा दीपक पुनः निर्वाचित

सउल । गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् एनआरएनए दक्षिण कोरियाको आठौँ महाधिवेशनमा दीपक पुनमगर अध्यक्षमा चयन हुनुभएको छ । निकै लामो चुनावी अभियानपश्चात् उहाँ पुनः सर्वसम्मतिमा चयन हुनुभएको हो । गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको महाधिवेशनबाट आइसिसी सदस्यमा सोम लामा र डा विमल सुवेदी चुनिनुभएको छ ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा सञ्जीवकुमार राई, महिला उपाध्यक्षमा शुभद्र पालुङ्वा, उपाध्यक्षद्वयमा मनोज गौतम र किरण अधिकारी, महासचिवमा रोशन भट्टराई, सचिवमा श्री सत्याल र परी गुरुङ, कोषाध्यक्षमा खिम काउचा मगर, सहकोषाध्यक्षमा सुनिल कन्दङ्वा, महिला संयोजकमा सुजाता बस्नेत, युवा संयोजकमा अनित थपालिया एवं सदस्यमा डा. रोशन शर्मा, सन्तोष खड्का, रमेश थापामगर, गङ्गा खतिवडा, अम्रिता लामिछाने गुरुङ, बुद्धिप्रसाद नेपाल र गम्भीरमान श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

अध्यक्षलगायतका सम्पूर्ण पदाधिकारी सहमतिले निर्वाचित भए पनि सचिव पदमा तीन जनाको दावी रहेपछि अनलाइन भोटिङमार्फत निर्वाचन सम्पन्न भएको थियो । भोटिङमार्फत गरिएको निर्वाचनमा परि गुरुङले बाजी मार्नुभएको थियो । गुरुङसँग प्रतिस्पर्धामा हरिप्रसाद भट्टराई, राजकुमार राई उत्रिएका थिए । निर्वाचित पदाधिकारीलाई आगामी शनिबार अनलाइनमार्फत शपथ ग्रहण गराइने निर्वाचन मण्डलले जानकारी दिएको छ । निर्वाचन समितिको अन्तिम निर्णयानुसार सचिव पदबाहेकका आइसिसी सदस्यलगायत सम्पूर्ण पदमा सर्वसम्मतिमै चयन भएका हुन् ।

 


Thali Mobile Pvt.Ltd.