एमाले अवरोधबीच आजपनि प्रतिनिधि सभा बैठक बस्दै

एमाले अवरोधबीच आजपनि प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दैछ । बिहीबार दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा एमालेले अवरोध कायमै राख्ने जनाएको छ ।

कात्तिक ९ गतेका लागि बोलाइएको बैठक प्रतिपक्षी नेकपा एमालेले पालिका अधिवेशन गर्ने भएपछि प्रतिनिधि सभा बैठक बिहीबारका लागि सारिएको थियो ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

लगातार सदनमा अवरोध गर्दै आएको एमालेले माधव नेपालसहितका सांसदहरुलाई कारबाही नगरे बैठक चल्नै नदिने भनिरहेको छ । यधपि बैठक अगाडि बढ्ने बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.