एमाले जिल्ला अधिवेशनकाे ओलीले उदघाटन गर्दै

एमाले जिल्ला अधिवेशनकाे ओलीले उदघाटन गर्दै

काठमाडौं । नेकपा एमालेले आज जिल्लामा अधिवेशन गर्दैछ । विविध कारण स्थगित भएकाबाहेकका जिल्लामा अधिवेशन हुन लागेको एमालेले जनाएको छ ।

बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयको एक्सन रुमबाट अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल रुपमा अधिवेशनको उदघाटन एकैसाथ गर्ने प्रचार विभागले जनाएको छ ।

यता काठमाडौं अधिवेशनको उदघाटन मूलपानीस्थित क्रिकेट रंगशालामा आयोजना गरिएको र त्यसमा एक लाख मानिस उतार्ने एमाले उपप्रमुख विष्णु रिजालले बताए ।

केन्द्रीय नेतृत्वमा पुगेका नेता तथा तोकिएका जिल्ला इञ्चार्जहरू जिल्ला–जिल्लामा खटिएका छन् । यसअघि नेकपा एमालेले पालिका अधिवेशन पनि एकसाथ सम्पन्न गरेको थियो । जिल्ला अधिवेशन सकिएपछि प्रदेश अधिवेशनको तयारीमा जुट्ने एमालेले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.