भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

एमाले स्थायी कमिटी बैठक बस्दै, वडा र पालिका अधिवेशनको समीक्षा हुने

एमाले स्थायी कमिटी बैठक बस्दै, वडा र पालिका अधिवेशनको समीक्षा हुने

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ । विहीबार तुलसीलाल स्मृति प्रतिष्ठानमा अपरान्ह ४ बजे बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

बैठकमा वडा र पालिका अधिवेशन रिपोर्टिङ र समीक्षा हुने तामाङले जानकारी दिए । कात्तिक ६ गते वडाहरूका अधिवेशन सम्पन्न गरेको एमालेले ९ गते पालिकाहरुका अधिवेशन सुरु गरेको छ ।

वडा र पालिका अधिवेशनमा एमालेले सर्वसम्मतिबाट नेतृत्व चयन गरिरहेको बताएको छ । १० औं महाधिवेशनका प्रतिनिधि तय गर्न मापदण्ड बनाएर कार्यतालिका बनाइने उनको भनाइ छ ।

एमालेले आगामी मंसिर ११ र १२ गते चितवनमा पार्टीको १० औं महाधिवेशन गर्ने तयारी थालेको छ ।

 


Thali Mobile Pvt.Ltd.