भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

एमाले स्थायी कमिटी बैठक बस्दै, वडा र पालिका अधिवेशनको समीक्षा हुने

एमाले स्थायी कमिटी बैठक बस्दै, वडा र पालिका अधिवेशनको समीक्षा हुने

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ । विहीबार तुलसीलाल स्मृति प्रतिष्ठानमा अपरान्ह ४ बजे बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

बैठकमा वडा र पालिका अधिवेशन रिपोर्टिङ र समीक्षा हुने तामाङले जानकारी दिए । कात्तिक ६ गते वडाहरूका अधिवेशन सम्पन्न गरेको एमालेले ९ गते पालिकाहरुका अधिवेशन सुरु गरेको छ ।

वडा र पालिका अधिवेशनमा एमालेले सर्वसम्मतिबाट नेतृत्व चयन गरिरहेको बताएको छ । १० औं महाधिवेशनका प्रतिनिधि तय गर्न मापदण्ड बनाएर कार्यतालिका बनाइने उनको भनाइ छ ।

एमालेले आगामी मंसिर ११ र १२ गते चितवनमा पार्टीको १० औं महाधिवेशन गर्ने तयारी थालेको छ ।

 


Thali Mobile Pvt.Ltd.