भर्खरै : Sorry, your browser does not support inline SVG.

ओलीले पत्रकार सम्मेलन गर्दै

ओलीले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गरी मतदातालाई अपिल गर्ने भएका छन् ।

पार्टी मूख्यालयमा साढे १० बजे पत्रकार सम्मेलन गरेर बैशाख ३० गते हुने स्थानीय चुनावमा आफ्नो पार्टीका उम्मेदवारलाई मत दिन अपिल गर्ने भएको बताएको छ । पत्रकार सम्मेलन सकेर ओली बुटवल जाने कार्यक्रम रहेको छ ।

बुटवलको देवीनगरस्थित खुला चौरमा हुने चुनावी सभालाई सम्बोधन गर्न ओली त्यहाँ जान लागेको एमालेले जनाएको छ । बुटवलमा सत्ता गठबन्धनबाट कांग्रेसका खेलराज पाण्डे मेयरको उम्मेदवार छन भने एमालेबाट बाबुराम भट्टराई उम्मेदवार छन् । बुटवलमा हिजो प्रधानमन्त्री देउवाले चुनावी सभालाई सम्बोधन गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.