भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

ककनी मन्दिर दर्शनका लागि गएको गाडी दुर्घटना, चार जनाको मृत्यु, १३ घाइते

ककनी मन्दिर दर्शनका लागि गएको गाडी दुर्घटना, चार जनाको मृत्यु, १३ घाइते

ओखलढुंगा । चम्पादेवीस्थित ककनी मन्दिर दर्शनका लागि गएका चार जना यात्रुको दुर्घटनामा परि ज्यान गएको छ । सुनकोसी गाउँपालिका–९ कटुञ्जेमा दुर्घटना हुदा घटनास्थलमै चार जनाको मृत्यु भएको हो ।

क्षमताभन्दा बढि यात्रु बोकेको प्रदेश ३–०१–०२२ च ९६९४ नम्बरको गाडी दुर्घटना मन्दिरतर्फ जाने क्रममा सुनकोशीको कुसाङ सडकबाट खसेको प्रहरीले जनाएको छ । तीन जनाको घटनास्थल र एक जनाको उद्धारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका डीएसपी गोविन्द काफ्लेले बताए ।

गम्भीर घाइते चार जनालाई हेलिकोप्टरबाट काठमाडौँ पठाइएको छ । दुर्घटनामा ज्यान गुमाउनेहरू सबै सिद्धिचरण नगरपालिका १० रुप्सेका छन् । १७ वर्षीया तुलसा मगर, ३५ वर्षीया मिठुमाया मगर, ३५ वर्षीया शान्ता मगर र उमेर नखुलेका खगेन्द्र मगर छन् ।

Mohotsav


Thali Mobile Pvt.Ltd.