भर्खरै : Sorry, your browser does not support inline SVG.

कर्णालीमा आज थपिएका ७० जना मध्य दैलेख आठबीसका २० जना काेराेना संक्रमित

कर्णालीमा आज थपिएका ७० जना मध्य दैलेख आठबीसका २० जना काेराेना संक्रमित

३१ जेठ २०७७ शनिबार, काठमाडौं । कर्णाली प्रदेशमा आज थप ७० जनामा कोरोना संक्रमण भएको छ । सुर्खेतका ४० र दैलेखका ३० जना गरी आज ७० जनामा नयाँ संक्रमण पुष्टि भएको हो । योसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या ९१६ पुगेको छ ।

त्यस्तै दैलेख अस्पतालका ५ जना र दुल्लु अस्पतालका ४ जना गरी ९ जना संक्रमित निको भएर घर फर्किएका छन् । कर्णालीमा डिस्चार्ज हुनेको संख्या ९१ पुगेको छ भने मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

सुर्खेत गुर्भाकोटका १२ जना, भेरीगंगाका १० जना, बराहतालका ९ जना, चौकुनेका ८ जना र वीरेन्द्रनगरका १ जना र दैलेखका ३० जना मध्ये आठबीसका २० जना, नौमुलेका ९ जना र डुङ्गेश्वरका १ जना रहेका छन् ।

सबै ७० जनाको पुष्टि प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट भएको हो । त्यसै आज भेरी अस्पतालको परीक्षणमा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालले आफ्नो फेसबुक पेजमार्फत विवरण सार्वजनिक गर्दै थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । नयाँ थपिएका सङ्क्रमितहरू बाँकेका १९ जना, रोल्पाका १७ जना र बर्दियाका ६ जना छन् ।

 


Thali Mobile Pvt.Ltd.