भर्खरै : Sorry, your browser does not support inline SVG.
सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर | सुस्तामा डुबानको जोखिम बढेपछि स्थानीय आफैं तटबन्ध निर्माणमा, नदी कटान रोक्न दिनरात खटिए | निर्मला पन्त प्रकरणमा गृहमन्त्रीको प्रतिप्रश्न : ‘हजुरहरू सत्तामा हुँदा किन गर्नुभएन?’ | विदेशबाट फर्किने नेपालीलाई सरकारको आग्रह : अपरिचितको सुन तथा बहुमूल्य सामान नल्याउनुहोस् | चार महिनापछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, पठन सेवा साउन २५ देखि | ३० जिल्लामा बाढीको जोखिम, नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | सरकारी कर्मचारीको नयाँ तलबमान लागू, मासिक तलब ३६ हजार ७०० देखि १ लाख ४ हजार रुपैयाँसम्म |

कर्णालीमा दुई लाख ५८ हजार मेट्रिक टन मकै उत्पादन

कर्णालीमा दुई लाख ५८ हजार मेट्रिक टन मकै उत्पादन

भेरीगङ्गा (सुर्खेत) । कर्णाली प्रदेशमा उत्पादन हुने खाद्यान्नमध्ये सबैभन्दा बढी मकै उत्पादन हुने गरेको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार यो वर्ष कर्णालीमा सबैभन्दा बढी दुई लाख ५८ हजार ८७६ मेट्रिक टन मकै उत्पादन भएको छ ।

कर्णालीमा ८२ हजार ८०८ हेक्टर क्षेत्रफलमा मकैखेती हुँदै आएको मन्त्रालयअन्तर्गत कृषि निर्देशनालयले जनाएको छ । मकैपछि बढी उत्पादन हुने बाली गहुँ हो । प्रदेशका दशवटै जिल्लाको तथ्यांक अनुसार ७१ हजार ७६९ हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिँदै आइएको छ । गत वर्ष मात्रै प्रदेशभर एक लाख ५१ हजार ९९० मेट्रिक टन गहुँ उत्पादन भएको कृषि निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका निर्देशक तिलक पाण्डेका अनुसार धान उत्पादन तेस्रो स्थानमा पर्दछ । गत वर्ष एक लाख ४६ हजार ६७९ मेट्रिक टन धान उत्पादन भएको जनाउँदै उनले कर्णालीमा ४१ हजार ३०४ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको उल्लेख गरे ।

कोदो १८ हजार ८२६ मेट्रिक टन, जौ नौ हजार ७०९ मेट्रिक टन र फापर दुई हजार ६३३ मेट्रिक टन उत्पादन भएको पाण्डेले जानकारी दिए । कोदो र फापर विशेषगरी हिमाली क्षेत्रमा उत्पादन हुने गरेको छ । जसअन्तर्गत १३ हजार ७०४ हेक्टर क्षेत्रफलमा कोदो र दुई हजार ३७७ हेक्टर क्षेत्रफलमा फापर खेती हुँदै आएको निर्देशनालयले जनाएको छ ।

कुन जिल्लामा कति खाद्यान्न उत्पादन ?
निर्देशनालयको तथ्यांक अनुसार सबैभन्दा बढी मकै उत्पादन हुने जिल्ला सल्यान हो । सल्यानमा यो वर्ष ७४ हजार ७०० मेट्रिक टन मकै उत्पादन भएको छ । सुर्खेतमा ४५ हजार ४७५ मेट्रिक टन मकै उत्पादन हुँदा दैलेखमा ४५ हजार ३१० मेट्रिक टन, जाजरकोटमा ३३ हजार ३१३ मेट्रिक टन, रुकुम पश्चिमा ३५ हजार ३४० मेट्रिक टन मकै उत्पादन भएको निर्देशनालयका निर्देशक पाण्डेले जानकारी दिए ।

उनका अनुसार कालीकोटमा आठ हजार ६० मेट्रिक टन, जुम्लामा १० हजार ५०० मेट्रिक टन, मुगुमा दुई हजार १३८ मेट्रिक टन, डोल्पामा तीन हजार ७५० मेट्रिक टन र हुम्लामा २९० मेट्रिक टन मकै उत्पादन भएको छ ।यस्तै, गहुँ उत्पादनमा सुर्खेत अगाडि देखिएको छ । सुर्खेतमा यो वर्ष ३४ हजार १०२ मेट्रिक टन उत्पादन भएको छ भने सल्यानमा २८ हजार ५२८ मेट्रिक टन गहुँ उत्पादन भएको छ ।

जाजरकोटमा २५ हजार १०० मेट्रिक टन, रुकुम पश्चिममा २१ हजार ७१३ मेट्रिक टन, दैलेखमा १७ हजार २७४ मेट्रिक टन, कालीकोटमा ११ हजार ३१३ मेट्रिक टन, जुम्लामा पाँच हजार ४०८ मेट्रिक टन, डोल्पामा चार हजार १६५ मेट्रिक टन, मुगुमा तीन हजार २७२ मेट्रिक टन र हुम्लामा एक हजार ११५ मेट्रिक टन गहुँ उत्पादन भएको निर्देशनालयले जनाएको छ ।

धान उत्पादनमा पनि सुर्खेत पहिलो देखिएको निर्देशनालयका निर्देशक पाण्डेले बताए । यो वर्ष उत्पादन भएको धानको तथ्याङ्कलाई हेर्दा सुर्खेतमा ६३ हजार ८० मेट्रिक टन उत्पादन भएको छ ।उनका अनुसार दैलेखमा २७ हजार १५२ मेट्रिक टन, सल्यानमा २३ हजार ७१० मेट्रिक टन, रुकुम पश्चिममा नौ हजार ४५५ मेट्रिक टन, जाजरकोटमा नौ हजार ३०७, जुम्लामा पाँच हजार ९८७, कालीकोटमा पाँच हजार ५०० मेट्रिक टन धान उत्पादन भएको छ ।

यस्तै, हुम्लामा एक हजार १२० मेट्रिक टन धान उत्पादन हुँदा मुगुमा एक हजार २३ मेट्रिक टन र डोल्पामा ३४५ मेट्रिक टन धान उत्पादन भएको छ । कर्णालीमा सात जिल्ला खाद्यान्नमा आत्मनिर्भर छन् भने अन्य तीन जिल्ला खाद्यान्नमा आत्मनिर्भर हुन सकेका छैनन् ।

कर्णालीमा उत्पादन बढाउन विभिन्न कार्यक्रमहरू सञ्चालन गरिँदै आइएको प्रदेश सरकारले जनाएको छ । सरकारले ब्याज अनुदानमा ऋण उपलब्ध गराउनेदेखि उत्कृष्ट किसानलाई पुरस्कृत गर्नेलगायत कार्यक्रम सञ्चालन गरिरहेको निर्देशक पाण्डेले जानकारी दिए । रासस

 


Thali Mobile Pvt.Ltd.