भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीको कहर: ६०० मेगावाट जलविद्युत प्रभावित, करोडौंको उत्पादन घाटा | सरकारले आठ जटिल रोगको उपचारमा थप एक लाख रुपैयाँ दिने निर्णय, कार्यान्वयनमा चुनौतीहरू के के? | एसईई उत्तीर्ण खेलाडीहरूलाई भक्तपुर नगरपालिकाद्वारा बधाई तथा मार्गदर्शन | सुर्यविनायक नगर अस्पताललाई ५० शैयाको अस्पतालको रूपमा स्वीकृति | “लाली पाउडर लाया जसी ” सार्वजनिक, रोशन टमट्टा र संगीता बडुवालको आवाजमा नयाँ देउडा गीत | बुढानिलकण्ठ–६ मा निःशुल्क दन्त शिविर, १४४ जनाले पाए सेवा | चिकित्सक सङ्घको आन्दोलन स्थगित, अस्पताल सेवा पुनःसञ्चालन | ट्रम्प–नेतान्याहूबीच २४ घण्टामा दोश्रो वार्ता, गाजा युद्धविरामलाई प्राथमिकता |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

कर्णालीमा सबैभन्दा बढी उत्पादन हुने अन्नमा मकै, धान तेस्रोमा

कर्णालीमा सबैभन्दा बढी उत्पादन हुने अन्नमा मकै, धान तेस्रोमा image

सुर्खेत । कर्णालीमा गएको आर्थिक वर्ष साढे पाँच लाख टन खाद्यान्न उत्पादन भएको छ । कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्क अनुसार पाँच लाख ५२ हजार नौ सय ३० टन खाद्यान्न उत्पादन भएको हो । जसअन्तर्गत कर्णालीमा सबैभन्दा धेरै दुई लाख १९ हजार आठ सय दुई टन मकै उत्पादन भएको छ । दोस्रोमा गहुँ एक लाख ५२ हजार छ सय २१ टन र तेस्रोमा धान एक लाख ४५ हजार ६३ टन उत्पादन भएको छ ।

यस्तै जौँ ११ हजार पाँच सय ५६ टन, कोदो १६ हजार तीन सय १० टन, फापर तीन हजार ८८ टन र उवा एक हजार आठ सय १९ टन उत्पादन भएको मन्त्रालयले जनाएको छ । यसैबीच प्रदेशमा वर्षमा २३ हजार टनभन्दा धेरै खाद्यान्न अपुग हुने गरेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णाली प्रदेशको जनसङ्ख्या १६ लाख ८८ हजार चार सय १२ रहेको छ ।

एक जनालाई वार्षिक औषतमा दुई सय एक किलोका दरले खाद्यन्न आवश्यक पर्ने भएकोले प्रदेशको उत्पादनमा थप २३ हजार टन खाद्यन्न आवश्यक पर्ने मन्त्रालयले जनाएको छ । मकै, गहुँ, कोदो लगायतका खाद्यन्नभन्दा चामालकै माग बढी हुने भएकोले कर्णालीमा खाद्यन्न आयात भने उच्च छ । रासस

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • कर्णाली राजमार्ग अवरुद्ध image

    कर्णाली राजमार्ग अवरुद्ध

    वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गतको सुर्खेत–हुम्ला सडकखण्ड अवरुद्ध भएको छ । कालीकोटको रास्कोट नगरपालिका–८ को भात्तडीमा पहिरो गएका कारण सडक अवरुद्ध भएको हो ।जिल्ला प्रहरी कार्यालयका अनुसार सान्नी त्रिवेणी गाउँपालिका–३...

  • कर्णालीमा १७ सयभन्दा साना उद्योग दर्ता image

    कर्णालीमा १७ सयभन्दा साना उद्योग दर्ता

    सुर्खेत । ठुलो तथा मझौला खालका उद्योधन्दा नभएको कर्णालीमा एक वर्षको अवधिमा एक हजार ७ सय ६८ वटा साना उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष ०८०, ०८१ मा...

  • कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक image

    कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

    सूर्खेत । कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले गरेका निर्णय सार्वजनिक गरिएका छन् । बैठकले विभिन्न १८ वटा निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए । बैठकले...

  • हिउँ जमेपछि कर्णाली राजमार्ग अवरुद्ध, सातमोडमा गाडी अलपत्र image

    हिउँ जमेपछि कर्णाली राजमार्ग अवरुद्ध, सातमोडमा गाडी अलपत्र

    मुगु । हिउँ जमेपछि कर्णाली राजमार्ग अवरुद्ध भएको छ । जिल्ला सदरमुकाम गमगढीबाट नेपालगञ्जतर्फ जाँदै गरेका तीनवटा यात्रुबाहक बस सातमोडमा अलपत्र परेका छन् । सडकमा हिउँ र बरफ जमेका...

Jilla Swasthey Karyalaya


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.