भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

च्याउखेतीबाट वार्षिक १० लाख रुपैयाँ आम्दानी

च्याउखेतीबाट वार्षिक १० लाख रुपैयाँ आम्दानी

पर्वत । जलजला गाउँपालिका वडा नम्बर ८ फर्सेकी सावित्री खत्रीले व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल भएकी छन् । बितेको १० वर्षदेखि व्यावसायिक कृषिमा सक्रिय खत्रीले च्याउखेतीबाट वर्षको १० लाख रुपैयाँभन्दा धेरै आम्दानी गर्न थालेको बताइन् ।

तीनवटा टनेलमा उत्पादित कन्ये र गोब्रे च्याउ बागलुङ, म्याग्दी र कुश्माबजारमा बिक्री हुने गरेको उनले बताइन् । अहिले गोब्रे च्याउ प्रतिकिलो पाँच सय र कन्ये च्याउ दुई सय रुपैयाँमा बिक्री हुँदै आएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.