काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवाले एकलौटी र मनोमानीबाट पार्टी हाकिरहेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष फरक रणनीतिमा जुटेको छ । देउवापक्षलाई हाक दिने गरि पौडेल पक्षका नेताहरु प्रकाशमान सिंहको निवासमा आन्तरिक छलफलमा जुटका छन् ।
छलफलमा पौडेलइतरका महामन्त्री शशांक कोइराला, अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाललगायतका नेताहरु र केही जिल्ला सभापतिहरुको सहभागिता छ । देउवाले गत शनिबार र सोमबार गरी पार्टीका ४७ विभाग मध्ये २० विभाग प्रमुख चयन गर्दै ८ जनालाई केन्द्रीय सदस्य र ६ जनालाई आमन्त्रि केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए ।
उनले कृष्णप्रसाद सिटौला समूहलाई मात्र समावेश गरेपछि बहुमतका आधारमा पार्टीका विभागको संख्या २८ बाट बढाएर ४७ पुर्याउने निर्णय गरेको थियो । देउवाले पौडेल पक्षलाई विभागमा बस्ने जिम्मा नदिएर एकलौटी ढंगले अगाडि बढेपछि पौडेलपक्ष आन्तरीक रणनीतिमा जुटेको हो ।
सभापति देउवाले यतिबेला विधानविपरीत विभागको गठन र केन्द्रीय सदस्य मनोनय गरेर निर्वाचन आचारसिंहता उल्लघन गरेको पौडेल पक्षले आरोप लगाएको छ । काँग्रेसको पूर्व घोषित कार्यतालिका अनुसार आगामी फागुन ७ देखि १० गतेसम्म महाधिवेशन हुने छ ।
