काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवाले एकलौटी र मनोमानीबाट पार्टी हाकिरहेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष फरक रणनीतिमा जुटेको छ । देउवापक्षलाई हाक दिने गरि पौडेल पक्षका नेताहरु प्रकाशमान सिंहको निवासमा आन्तरिक छलफलमा जुटका छन् ।
छलफलमा पौडेलइतरका महामन्त्री शशांक कोइराला, अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाललगायतका नेताहरु र केही जिल्ला सभापतिहरुको सहभागिता छ । देउवाले गत शनिबार र सोमबार गरी पार्टीका ४७ विभाग मध्ये २० विभाग प्रमुख चयन गर्दै ८ जनालाई केन्द्रीय सदस्य र ६ जनालाई आमन्त्रि केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए ।
उनले कृष्णप्रसाद सिटौला समूहलाई मात्र समावेश गरेपछि बहुमतका आधारमा पार्टीका विभागको संख्या २८ बाट बढाएर ४७ पुर्याउने निर्णय गरेको थियो । देउवाले पौडेल पक्षलाई विभागमा बस्ने जिम्मा नदिएर एकलौटी ढंगले अगाडि बढेपछि पौडेलपक्ष आन्तरीक रणनीतिमा जुटेको हो ।
सभापति देउवाले यतिबेला विधानविपरीत विभागको गठन र केन्द्रीय सदस्य मनोनय गरेर निर्वाचन आचारसिंहता उल्लघन गरेको पौडेल पक्षले आरोप लगाएको छ । काँग्रेसको पूर्व घोषित कार्यतालिका अनुसार आगामी फागुन ७ देखि १० गतेसम्म महाधिवेशन हुने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मध्यपुरथिमि, ३१ चैत । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि निरन्तर रहने भएको छ। यस वर्ष स्थानीय २८ वर्षीय...
काठमाडौं, ३० चैत । विसं २०८१ नेपाली चलचित्र क्षेत्रका लागि समग्रमा उत्साहजनक रह्यो । यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बजारमा ४६ करोड ८० लाख (ग्रस) को...
तनहुँ, ३० चैत । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रले हाल आफ्नो कुल ६९ मेगावाट क्षमताको करिब ४० प्रतिशत अर्थात् ३० मेगावाट मात्र विद्युत् उत्पादन गरिरहेको छ...
काठमाडौं, ३० चैत । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले चैत १५ गतेको तीनकुने घटनालाई लिएर पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बोलाउन नमिल्ने बताएका छन् । नेपाली कांग्रेसका सांसद तथा सहमहामन्त्री...