कांग्रेस बैठकमा हात हालाहालको स्थिति किन ?

कांग्रेस बैठकमा हात हालाहालको स्थिति किन ? image

१८ असार २०७७ काठमाडौं । नागरिकताको विषयमा कांग्रेसभित्र पहाड र मधेशका नेताको लाइन नमिलेकोले विवाद सुरू भएकाे छ । नेपाली पुरुषसँग विवाह गरेर आएका विदेशी महिलालाई सात वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने विधेयकको दफावार छलफलका लागि यो विधेयक संसदको आगामी बैठकमा प्रस्तुत गर्ने तयारीमा सभामुख अग्निप्रसाद सापकोटा जुटेका छन् ।

यहि विधेयकका बारेमा छलफलमा जुटेकाे नेपाली कांग्रेसका नेताहरूले कस्तो निर्णय गर्छन् भनेर चासाे बढिरहेका बेला कांग्रेस भित्रकाे विवाद चुलिएकाे छ । केही नेताहरूले अंगीकृत नागरिकता वितरणमा समयसीमा नै राख्न नहुने बताएका छन्‌ भने सभापति शेरबहादुर देउवा अरूनेताकाे धारणा विपरित छन् ।

आफ्नै निवास बुढानीलकण्ठमा नेताहरु गगन थापा, दिलेन्द्र बडू लगायतसँग नागरिकता विधेयकबारे छलफल गरेका देउवाले ठ्याक्कै विपरीत धारणा ट्वीट गरेपछि मंगलबार पार्टी केन्द्रीय कार्यालयमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु ७ घण्टाबढी छलफलकाे रसाकसीमा जुटे ।

छलफलमा विमलेन्द्र निधिलगाएतका हाबी भएपछि नागरिकता विधेयक फिर्ता हुनुपर्ने निचोड निकाल्यो । उपसभापति निधिको प्रस्तावलाई वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले समर्थन गरे उक्त समर्थनलाइ देउवा घुर्कीकाे रूपमा ग्रहण गरे ।  देउवाले पार्टीकै नेताहरुलाई झस्काउने गरी लेखेको ट्वीट नै अहिले हातहालाहालकाे स्थितिमा पुगेकाे छ ।

विवाद बढ्न थालेपछि निधिले देउवामाथि, निधिमाथि प्रकाशशरण जँगिए पछि सभापति देउवाले मंगलबारको बैठकमा सहमति जुट्ने काँटछाँट देखेनन् र अर्को दिन पनि छलफल गर्ने भन्दै त्यसको तयारी गर्न पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेललाई निर्देशन दिए । त्यसपछि  उपसभापति सहमहामन्त्री माथि हातपात नै गर्ने गरी झम्टिन पुगेकाे देउवा पक्षले बतायाे । नागरिकताको विषयमा कांग्रेसभित्र पहाड र मधेशका नेताको लाइन नमिलेपछि विवाद बढेको नेताहरुको भनाइ छ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • हावाहुरीका कारण झापामा एक जनाको ज्यान गयो image

    हावाहुरीका कारण झापामा एक जनाको ज्यान गयो

    झापा, १५ बैशाख । झापाको हल्दीबारी गाउँपालिका-५ त्रिवेणी चोकमा गएको राति आएको हावाहुरीले टिनको छाना भएको घर भत्किँदा ६५ वर्षीय मानबहादुर मगरको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय झापाका...

  • मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै image

    मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

    मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी खोलामा धमाधम मोटरेबल पुल निर्माण भइरहेको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास...

  • किरियापुत्री भवन निर्माणका लागि गठ्ठाघरमा श्रीमद्भागवत महायज्ञ हुने image

    किरियापुत्री भवन निर्माणका लागि गठ्ठाघरमा श्रीमद्भागवत महायज्ञ हुने

    भक्तपुर, १ जेठ । भक्तपुरको गठ्ठाघरमा अधुरो रहेको किरियापुत्री भवन निर्माण सम्पन्न गर्न आगामी जेठ ४ गतेदेखि श्रीमद्भागवत महायज्ञ हुने भएको छ। सनातन पितृमुक्ति समाज गठ्ठाघरको आयोजनामा हुने महायज्ञबाट...

  • ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए image

    ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

    म्याग्दी, १ जेठ । विगत तीन दशकयता यहाँको ऐतिहासिकस्थल ज्यामरुककोट क्षेत्रका दुई दर्जनभन्दा बढी कुवा र पँधेराहरु नासिएका छन् । तत्कालीन पर्वत राज्यअन्तर्गतको शक्तिशाली ज्यामरुककोटमा १७औँ शताब्दीमा ज्यामरुके राजा...


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.