भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

तीन दिनसम्म निन्द्रा गायब हुने इन्टरभिउ नदिउँ

तीन दिनसम्म निन्द्रा गायब हुने इन्टरभिउ नदिउँ

१८ असार २०७७ काठमाडौं । पछिल्लो समय फेसबुक लाइभमा आँउदै केहि कलाकार रुदै कराँउदै रोइलो मचाउन थालेका छन् । वास्तविक कलाकार आफ्नो अडानमा शान्दार अन्तरवार्ता दिएर आफुसंगसंग राष्टको शिर ठाडो पार्छन् भने केहि नाम मात्रका कलालार मेरो अन्तरवार्ता पत्रकारले विगार्यो, विचको काटेर नचाहिने वाक्यमात्र राख्यो भनेर आफुसंग संगै पत्रकारको बदनाम गर्ने गर्दछन् ।

पत्रकारको प्रश्न बुझ्दै नबुझि बोलेको बोल्यै गरेर सबै भन्दा जान्ने सुन्ने मै हुँ भन्दै चिप्लिएको पत्तै नपाई कुरा गर्छन् । आफुले दिएको अन्तर्वार्तामा आफ्नै अभिव्यक्तिले आफै विवादित बन्‍न थालेपछि अनि फेसबुके लाइभले अरुको बदनाम गर्न तल्लिन केहि नाम मात्रका कलाकारको विषयमा बरिष्ठ कलाकार दीपकराज गिरीले शानदार अभिव्यक्ति दिएका छन् । उनले अन्तर्वार्ताका लागि पत्रकारसँग प्रशस्त छलफल गरेर मात्र तयार हुन कलाकारलाई आग्रह गरेका छन् ।

सामाजिक संजाल मार्फत अभिव्यक्ति सार्वजनिक गर्दै उनले आफ्नो व्यक्तित्व, आधा घण्टाको अन्तर्वार्ताबाट स्वाहा नपार्न नाम मात्रका कलाकारलाई सुझाव दिएका छन् । नेपालमा कति प्रदेश छन् ? कतिवटा जिल्ला छन् ? कुनै हेक्का नै नराखि ७२ प्रदेश र १४ वटा जिल्ला छन् भनेर बकबकाउनु भन्दा अझ घण्टौं क्यामेराअगाडि फतफताएर कलाकारीताको धज्जी उडाउनु भन्दा गहन अध्यन गर्न पनि उनले सूझाव दिएका छन् ।

नाच्न नजान्नेको आगन टेडो भन्ने प्रति इंगित गर्दै गिरीले राष्ट्रियताका बारेमा सचेत हुन सल्लाह दिएका छन् । अध्यन केहि नगर्ने अनि अभिव्यक्ति दिने र आफै फन्दामा परेपछि अरुलाई दोष दिने प्रवृतिका विरुद्ध कडा प्रहार गरेका छन् । यहाँ कलाकारको मात्रै कुरा होइन पत्रकार पनि केहि त्यस्तै छन् । तोडमोड गरेर हचुवाको भरमा हेडलाईन र टिआरपीका नाउमा अरुलाई नङ्गयाउने प्रवृति राम्रो होइन । सत्य तथ्य र विश्वसनिय बन्न पत्रकार पनि सजग हुनु पर्ने उनको जोड छ । हुन त सकारात्मक पत्रकारिता गर्ने साथीहरूलाई कलाकारले कहिल्यै स्थान नदिएको गिरीको गुनासो छ ।dipakraj giri

 


Thali Mobile Pvt.Ltd.