कांग्रेस सरकारमा जाँदैन: कृष्ण सिटौला

कांग्रेस सरकारमा जाँदैन: कृष्ण सिटौला

सप्तरी । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले केपी ओलीसँग सहकार्य गरेर सरकारमा नजाने बताएका छन् ।

मंगलबार सदरमुकाम राजविराजमा पत्रकारसंग कुरा गर्दै नेता सिटौलाले कांग्रेस माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग मिलेर सरकारमा जाने बताए ।

राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकबाट सरकार बनाउने विषयमा केही कुरा स्पष्ट भएर आउने भन्दै सिटौलाले ओलीसँग सरकार बनाउने विषयमा कुनै सहकार्य नहुने बताए ।

ओलीले राजीनामा दिएपछि बहुमतको आधारमा कांग्रेस, माओवादी र जसपा मिलेर सरकार बनाउने बारे छलफल चलिरहेको बताए ।

 


Thali Mobile Pvt.Ltd.