कालोबजारी गरेको भेटिए हदै सम्मकाे कारबाही गर्ने अध्यक्ष श्रेष्ठको चेतावनी

कालोबजारी गरेको भेटिए हदै सम्मकाे कारबाही गर्ने अध्यक्ष श्रेष्ठको चेतावनी image

८ बैशाख २०७७ काठमाडाैं । विश्वमा माहामारी फैलिरहेको र नागरिक संकटको घडीबाट गुज्रीरहेका वेला यही मौका छोपी कालोजारी गर्ने जो कोहीलाई कडा भन्दा कडा कारबाही गरिनु पर्ने उद्योग बाणिज्य संघ भक्तपुरका अध्यक्ष प्रदिप श्रेष्ठले बताएका छन् ।

कालोबजारी गर्नेलाई कारबाही गर्न उद्योग बाणिज्य संघ भक्तपुरका तर्फबाट आफुले सहयोग गर्ने भन्दै उनले भक्तपुरका विभिन्न अस्पतालहरुमा संघले मास्क वितरण गरेको बताए । उनले जनताको जीउधनको सुरक्षागर्ने सुरक्षाकर्मीहरुलाई समेत मास्क वितरण गरेको जानकारी दिए । भक्तपुरमा कुनै पनि सामानको अभाव हुन नदिन उद्योग बाणिज्य संघ भक्तपुरले सरोकारवाला निकायसंग छलफल गरिरहेको र विभिन्न स्थानीय तहमा समिति समेत निर्माण गरि कार्य सम्पादन भइरहेको बताए ।

भक्तपुरमा अहिले सामानको मूल्य किन बढेको हो ? भन्ने कैलाश खबरको प्रश्नमा उनले भने, ‘महामारीको बेला कालोबजारी गर्नु झन् गलत हो । अहिलेको अवस्थामा पसल खोल्नु नै ठूलो कुरा हो, तर अनुगमन गरेर कोलोबजारी भयो भनेर आरोप लगाउनु नराम्रो हो । कुन पसरलले कालो बजारी गरेको छ ? भन्नुहोस् नाम र पसल नम्बर समेत दिनुहोस् उद्योग बाणिज्य संघ आफैे कारबाही गर्छ ।’

अध्यक्ष श्रेष्ठले उद्योग बाणिज्य संघमा छलफल हुँदा अहिलेको अवस्थामा यातायातका साधनले नै सामान ढुवानी गर्दा महंगो भाडा लिने भएकाले सामान्य अवस्थाको भन्दा अलिकति मूल्य बढेको र यसबारे अनुसन्धान गरि मूल्य बढ्नुका कारणबारे जिल्ला प्रशासन कार्यलय, भक्तपुरका स्थानीय तहमा समेत संघले जानकारी दिइसकेको बताए ।

यता सरकारले दैनिक अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्नेमाथि पाँच वर्ष कैद गर्ने निर्णय गरेको जनाएको छ । खाद्यान्न, दाल, तेल, इन्धन, खाना पकाउने ग्यास, औषधिलगायतमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने उद्योगी, आयातकर्ता, थोक बिक्रेता तथा खुद्रा बिक्रेतालाई पाँच वर्षको कैद गर्ने निर्णय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको हो ।

मन्त्रालयले बजार अनुगमनका क्रममा कृत्रिम अभाव देखाएर बढी मूल्य लिएको पुष्टि भए त्यसमा संलग्न व्यवसायीलाई तत्कालै कानुन अनुसार हदैसम्मको कारबाही गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड १९)को आडमा व्यापारीहरुले कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्दै आइरहेका छन् । विशेषगरी खाद्यान्न र खाना पकाउने ग्यासमा कृत्रिम अभाव सिर्जना गरिएको छ । अत्यावश्यक वस्तुको अभाव नरहेको र आपूर्ति सहज गराउने भन्दै सरकारले अनुगमन र सतर्कतालाई तीब्रता दिएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • जनताको मुख थुनेर शासन चलाउँछु भन्नेको अन्त्य चाँडै हुन्छः विप्लव image

    जनताको मुख थुनेर शासन चलाउँछु भन्नेको अन्त्य चाँडै हुन्छः विप्लव

    काठमाडौं । जनताको मुख थुनेर सत्तामा टिकिरहन्छु भन्नु मुर्खता बाहेक केही नहुने र त्यसको अन्त्य चाँडै हुने नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले टिप्पणी गरेका छन् । काठमाडौंमा...

  • सचिवको अवकाश, निमित्तमा लम्साल image

    सचिवको अवकाश, निमित्तमा लम्साल

    काठमाडौं । परराष्ट्र सचिव भरतराज पौड्यालले सेवाबाट अवकाश लिएका छन् । ३७ वर्ष लामो सक्रिय निजामती सेवाबाट आजदेखि अवकाश लिएका हुन । सरकारले पौड्याललाई क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस...

  • एमाले पदयात्रा आज बागलुङ पुग्यो image

    एमाले पदयात्रा आज बागलुङ पुग्यो

    काठमाडौं । एमालेले बैतडीबाट सुरु गरेको ‘झुलाघाट–चिवा भञ्जयाङ पाँचथर’ बाट सुरु गरेको ‘समृद्धिका लागि सङ्कल्पयात्रा’ आज बागलुङ पुगेको छ । अध्यक्ष केपी ओलीसहितको टोली पदयात्राका क्रम आज बागलुङ पुग्ने...

  • अल नासर र इस्तिकोलको खेले बराबरी image

    अल नासर र इस्तिकोलको खेले बराबरी

    काठमाडौं । एएफसी च्याम्पियन्स लिग फुटबलमा अल नासर र इस्तिकोलले बराबरी खेलेका छन् । गएराति भएको समूह ‘इ’ को खेलमा साउदी अरेबियन क्लब अल नासर र ताजकिस्तानी फुटबल क्लब...

Prem Durbar Hotel and Nagarkot Zipline ResorthotelghyampedandaHotel City Gaon