भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

काेराेना नियन्त्रणका नाममा सरकार भ्रष्टाचारमा केन्द्रित भएको कांग्रेसको आरोप

काेराेना नियन्त्रणका नाममा सरकार भ्रष्टाचारमा केन्द्रित भएको कांग्रेसको आरोप

१ असार २०७७ काठमाडाैं । जनतालाई राहत र जीवन रक्षाको दरिलो विश्वास दिलाउनु पर्ने सरकार अत्यावश्यक स्वास्थ्य सामग्री खरिददेखि कोभिड–१९ नियन्त्रणका नाममा भ्रष्टाचारमा केन्द्रित भएको कांग्रेसले आरोप लगाएको छ ।

कोरोनापछिको लकडाउन समयलाई सरकारले दुरुपयोग गरेको भन्दै नेपाली काँग्रेसले यस्ताे टिप्पणी गरेको हाे । सहमहामन्त्री डा. प्रकाशशरण महत संयोजक रहेको कोभिड–१९ अनुगमन समितिले कोरोना फैलन नदिनका गरिएको ८३ दिन देखिको लकडाउनको सरकारले उल्टै दुरुपयोग गरेको ठहर हो ।

कुनै ठोस कार्ययोजना र क्रियाशीलता विना सरकारले लकडाउन लम्ब्याएको भन्दै महतले सरकारले सत्ता संघर्षमा समय खेर फालेकाे जिकिर गरे ।

परीक्षणको दायरा र संख्या विस्तार गर्न सरकारलाई झक्झक्याए पनि अत्यावश्यक स्वास्थ्य सामग्रीको पर्याप्त व्यवस्था गर्न, पीसीआर परीक्षण गर्न, कोभिड–१९ का कारण विदेशमा अलपत्र नागरिकको समयमै उद्धार गर्न, क्वारेन्टाइन व्यवस्थापन गर्न र अर्थतन्त्रलाई जोगाउन चुकेको कांग्रेसको ठहर छ ।

 

 


Thali Mobile Pvt.Ltd.