११ असार २०७७ बाँके । किर्ते कागजपत्र मिलाएर १ करोड २५ लाख ऋण लिएको तथ्य खुलेको छ । बाँके प्रहरीले नेपालगञ्जका एक जना सुनचाँदी व्यवसायीलाई यस्तै नक्कली कागजपत्र मिलाएर ऋिण लिएपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढले जग्गाको लालपुर्जा , नक्सा, कर तिरेको रसिदसहितका कागजपत्र नक्कली बनाएर राष्ट्रिय वाणिज्य बैंक नेपालगञ्ज शाखाबाट २०७६ मंसिर २२ गते ५० लाख र २०७७ जेठ २५ गते ७५ लाख गरी १ करोड १५ लाख रकम निकालेको रहस्य खुलेको हो ।व्यवसायी जसगढले ऋणका लागि धितोको रुपमा पेश गरेका कागजपत्र रुजु गर्नका लागि नेपालगञ्ज उप महानगरपालिकामा पत्र पठाएपछि नक्कली कागज पत्र बनाएको तथ्य सार्वजनिक भएको राष्ट्रिय वाणिज्य बैंकले जनाएको छ ।सरकारी छाप, कागजपत्र र कर्मचारीहरूको दस्तखतसमेत किर्ते गरेको भेटिएको छ ।
उप महानगरापालिकाले छानबिनका लागि पत्र पठाए पछि बाँके प्रहरीले जेठ २७ गते जसगढलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो प्रहरीले अनुसन्धान सुरु गर्दै जाँदा बैंकमा पेश गरेका ४ वटा लालपुर्जामध्ये २ वटा लालपुर्जा नै नक्कली भएको र १ वटा लालपुर्जामा क्षेत्रफल बढाएर किर्ते गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।प्रहरीले अनुसन्धानका क्रममा भूमिसुधार तथा नापी कार्यालयलाई पत्र लेखेर जसगढले बैंकमा ऋण प्रयोजनमा पेश गरेर कागजपत्रहरु भेरिफाइ गर्दा एकपछि अर्को गर्दै १९ वटा किर्ते कागजपत्रहरु फेला पारेको हो । नक्कली र किर्ते कागज बनाएर बैंकबाट ऋण लिएको अभियोगमा प्रहरीले जसगढलाई नियन्त्रणमा लिएपछि नेपालगञ्जका सुनचाँदी व्यवसायी ससंकित भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाण्डौ । आजदेखि विश्व खोप सप्ताह औपचारिक रूपमा सुरू भएको छ। ‘सबैका लागि खोप मानव रूपमा सम्भव छ’ भन्ने नाराका साथ यस वर्षको खोप सप्ताह मनाइँदैछ। अभियानको उद्देश्य सबै...
काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाले तराईका धेरै ठाउँमा आज र भोलि अत्यधिक गर्मी हुने सम्भावना रहेको जनाएको छ। मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तापक्रम ३८...
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले हालको विद्युत् व्यवस्थापनमा देखिएको चुनौतीलाई छिट्टै समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। गर्मीयाममा भारतमा विद्युत् माग ह्वात्तै बढेका कारण नेपालले पर्याप्त बिजुली आयात गर्न...
तनहुँ । जिल्लाको व्यास नगरपालिका–१ र २ जोड्ने कराङकाठ–बसपार्क जाने बुल्दीखोलामा निर्माण गरिएको मोटरेबल पुल सम्झौताअघि नै निर्माण भएको छ । आगामी भदौ २२ गतेभित्र निर्माणसम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग...