भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

केन्यामा पाँच सर्वसाधारणको मृत्यु

केन्यामा पाँच सर्वसाधारणको मृत्यु

एजेन्सी । केन्यामा ५ जना सर्वसाधारणको मृत्यु भएको छ । बिद्रोही समुहको आक्रमणमा परी अफ्रिकी मुलुक केन्यामा ५ जनाको मृत्यु भएको हो । गाउँ प्रवेश गरेका उनीहरुले महिलाहरुलाई घरभित्रै बस्न निर्देशन दिँदै पुरुषहरुलाई डोरीले बाँधेर हत्या गरेको हो । मारिनेमा एक विद्यार्थी पनि रहेका छन् । केन्याको प्रहरीले हत्यालाई आतंकबादी हमलाको संज्ञा दिँदै सो समुहको ब्यापक खोजी गरिरहेको छ ।

केन्याको दक्षिणपुर्वी सोमालियासँग सीमा जोड्ने लामु काउन्टी गाउँमा प्रवेश गरेका सशस्त्र बन्दुकधारी समुहले आक्रमण गर्दा ५ जनाको मृत्यु भएको हो । उक्त समुहले पछिल्लो समय सोमालियाका बिद्रोही समुह अल सबाबले गर्ने जस्तै केन्यामा आतंकबादी हमला गर्न थालेको बुझिएको छ ।

गत जुन १४ मा अल सबाबले गरेको संदिग्ध हमलामा ७ केन्याली प्रहरीको मृत्यु भएको थियो । समहुले गाउँका अधिकांश घरहरुमा आगजनी गर्नुका गरेको छ । आगजनीमा २ जनाको जलेर मृत्यु भएको छ भने ६० बर्षिय बृद्धसहित ३ जनाको घाँटी रेटेर हत्या गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.