१३ असार २०७७ बेइजिङ । चीन भारत सीमा लद्दाखस्थित गलवान घाटीमा हालै भएको भारत र चीनबीच तनाव झन झन बल्झीरहेको छ । वार्ताहरू भइरहे पनि भारतले चीनसंग निउ खोजिरहेको छ । सीमामा आफ्नो फौजलाई लगातार उच्काइरहेको छ ।
वास्तविक नियन्त्रणको रेखा (एलएसी)मा हतियार प्रयोग गर्न निषेध गरिएको भएपनि सन् १९९६ को सम्झौतामा उल्लेख भएका सर्तहरु उलंघन भएका छन् । भारतको बद्मासीपूर्ण चाल बुझेर चीनले पनि आफ्ना सैनिक थप तालिम र भर्ना खोलेको जनाएको छ।
परम्परागत युद्धमा माहिर तिब्बतीलाई पनि सेनामा भर्ना खोलेर तयारी गरिरहेको तर आफुले युद्ध नचाहेको जनाउदै चीनले परिआएको खण्डमा दनक दिएर छाड्ने संकेत देखाएको छ । लट्ठी, भाला, डन्डा तथा रडले युद्ध गर्न सिपालु चीनी सैनिकले यहि कलाका कारण भारतीय सैनिकलाई लदाखमा चुँ सम्म बोल्न नदिएर २० जनाको ज्यान लगेको थियो ।
चीनले अब अमेरिकाको आडमा भारतले निहुँ खोजिरहे चुपलागेर बस्न नसकिने बताएको पिपुल्स डेलीको रिपोर्टमा जनाएको छ । भारत र चीनले दुवै देशबीचको आपसी विश्वास बढाउन सन् १९९६ र सन् २००५ मा सम्झौताहरू गरेका थिए । सम्झौतामा दुवै देशका सैनिक गस्तीको समयमा आमनेसामने भए पनि गोली चलाउन निषेध गरिएको थियो ।
दुवै देशका सेनाले गस्तीको समयमा एलएसीको दुई किलोमिटरसम्म आफ्नो राइफलको ब्यारललाई जमिनतिर झुकाएर राख्नुपर्ने नियम छ । बिनासूचना एलएसीको १० किलोमिटरभित्र दुवै देशका सैन्य विमानको उडानलाई पनि प्रतिबन्ध लगाइएको थियो । जुन सम्झौताका कारण सन् १९७५ यता एलएसीमा शान्ति कायम छ ।
आजसम्म दुवै देशबीच त्यस्तो घटना पनि घटेको छैन । तर, अहिले उक्त सम्झौताविपरीत कदम चालिएको भन्दै भारतले दोषारोपण गरिरहेको छ । भारतले चीनमाथि युद्ध गर्न हतियार चलाउन आदेश दिएको र थप हतियार किन्न लागिपरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
चीनले पनि सीमामा धेरै तोप, ट्यांकर र अन्य हतियारसहित परिआए जवाफी कारबाही गर्न तयारी अवस्थामा राखेको छ । भारतले सीमा नजिक स्थल र वायु सेना तैनाथ गराएको छ । भारतले नौसेनालाई पनि हिन्द महासागर क्षेत्रमा गस्तीमा खटाएको जनाएको छ ।
एजेन्सीको सहयोगमा
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
उत्तराखण्ड, १ असार । भारतको उत्तराखण्डस्थित केदारनाथ धाम जाँदै गरेको हेलिकप्टर आइतबार बिहान दुर्घटनामा पर्दा चालक दलसहित सबै ७ जनाको मृत्यु भएको छ। आर्यन कम्पनीको उक्त हेलिकप्टर देहरादूनबाट केदारनाथतर्फ...
काठमाडौं, १ असार । लगातारको वर्षाका कारण देशका विभिन्न नदी तथा खोलाहरूमा पानीको सतह तीव्र रूपमा बढ्दै गएको छ। धनकुटाको मछुवाघाटअन्तर्गत कोशी नदी र सिन्धुलीको रानीचुरीअन्तर्गत कमला नदीमा पानीको...
काठमाडौं, १ असार । पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा चट्याङ लागेर १८ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रोल्पा, मकवानपुर, स्याङ्जा, प्यूठान,...
फिदिम, १ असार । मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज खस्दा घाइते भएका तीन मजदुरको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा बारा सिमरा उपमहानगरपालिका–१२ का २२ वर्षीय...