भर्खरै : Sorry, your browser does not support inline SVG.
जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका कैदी बैतडीबाट पक्राउ | संसदीय मर्यादा उल्लंघन गरेको आरोप लगाउँदै हर्क साम्पाङद्वारा प्रधानमन्त्रीको राजीनामा माग | ट्रम्प–सी भेटवार्तामा व्यापार सम्झौतामा जुटेन ठोस सहमति | होल्डिङ सेन्टरमा १९ दिन बित्दा पनि अन्योलमा सुकुमवासी, स्क्रिनिङमै अलमलियो सरकार | बालेन सरकारले राष्ट्रिय अनुसन्धान विभाग फेरि प्रधानमन्त्री कार्यालय मातहत ल्यायो | सरकारसमक्ष ६ बुँदे सर्त अघि सार्दै जेनजीले बहिष्कार गरे संविधान संशोधन कार्यदलले बोलाएको छलफल | भारतले किन लगायो चिनी निर्यातमा प्रतिबन्ध ? | उत्तर प्रदेशमा शक्तिशाली आँधी, ५६ जनाको मृत्यु |

टिप्परमा उपचार नपाई झाडापखालाले तड्पी तड्पी ज्यान गुमाएका राजु सदाको शव परिवारका अगाडि एम्बुलेन्समा आयो

टिप्परमा उपचार नपाई झाडापखालाले तड्पी तड्पी ज्यान गुमाएका राजु सदाको शव परिवारका अगाडि  एम्बुलेन्समा आयो

१३ असार २०७७ काठमाडौं । कोरोनाको उपचार त परै जावस यहाँ झाडापखालाले थला परेपछि जीवनजल गुहार्दा पनि नपाएर मृत्युवरण भोग्नु परेको तथ्य यो सरकारले देख्दैन । देशभर बनाइएका क्वारेन्टिनको अवस्था झन भयावह छ । व्यवस्थित छैनन् क्वारेन्टीनहरु ।

स्वास्थ्य सामाग्रीमा ब्रम लुट मचाइएको छ तर दाषीहरुले कारबाही भोगेका छैनन् । काम नलाग्ने किट भनेर स्वास्थ्य मन्त्रालयले गोदाममा थन्क्याएको ३० हजार किट फेरी त्यस्तै किट नेपाली सेनाले खरिद गरेर ल्याएको र प्रयोगमा छैन । के भएको यो देशमा ? किन नागरिक प्रति उत्तरदायी छैन सारकार ? यस्तै यस्तै परिवन्दमा सरकार फसिरहे नेपालीहरुले इटली, स्पेन र अमेरिकाको भोगाई भोग्न तयारी गरे हुन्छ ।

यस्तै भएको छ धनुषामा । आइसोलेसनमा मृत्यु भएका धनुषा हंसपुर नगरपालिका–७ पर्साहीका राजु सदाको परिवार यतिबेला भावविहल भएको छ । छोलाले उपचार त परै जावस जीवनजलका लागि तड्पीदा उनलाई जीवनजल समेत उपलब्ध गर्न नसक्ने स्थानीय सरकारका शिंहहरुबाट जनताले के आश गर्ने ?

तर प्रदेश सरकारले भने मृत्यपश्चात राजुको परिवारलाई पाँच लाख राहत दिने वचन दिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने पनि प्रतिबद्धता जनाएको छ । घटनाको छानबिनका लागि सरकारले एक समिति गठन गरिसकेको छ ।

यस्तो छ घटना
आफ्नो र परिवारको पेटपाल्न समस्या भएपछि भारतको चेन्नई हानिएका राजुले त्यहाँ मजदुरी गरे । लकडाउनका कारण उतै थनकिएका उनी मरेपनि परिवारको अगाडि मर्ने भनेर जेठ १४ गते चेन्नईबाट फर्किए । १६ वर्षीय कलकलाउदो राजु सदा घर जान पाएनन् । उनलाई गाउँकै क्वारेन्टाइनमा राखियो ।

अव्यवस्थित क्वारेन्टीनमा १० दिनपछि स्वाब संकलन गरियो र १४ दिनपछि नगेटिभ रिपोर्ट आयो । उनलाई सत्र दिनमा झाडापखालाले सतायो । उपचार त परै जावस उल्टै उपेक्षामा परे । कोरोना होइन, उनी झाडापखालाले ग्रस्त भएर तड्पी–तड्पी मृत्यु भोग्नु प¥यो । १६ वर्षे किशोर आइसोलेसनमा उपचार नपाएर तड्पी–तड्पी मृत्युवरण गर्न बाध्य पार्ने यो कम्युनिष्ट सरकारले भन्दा उनी बरु चेन्नईको सडकमा भिख मागेरै बसेको भए बाँच्थ्ये होला ।

यहाँ नागरिक झाडापखालाको सामान्य उपचार जीवनजल नपाएर मरिरहेको बेला सरकारले कोरोना उपचारका नाममा १० अर्बभन्दा बढी खर्च भएको बिल सार्वजनिक गरेको छ । सर्वसाधारणको स्वास्थ्यमाथि खेलबाड भइरहेको आम नागरिकले देखिरहेकै छन् । उदाहरण देखाउन जरुरी छैन प्रतिनिधिको रुपमा धनुषामा राजु सदा हेर्दा हुन्छ ।

भारतमा भोक भोकै ज्यान जाने डरले स्वदेश फर्किएका १६ वर्षीय किशोर उपचार नपाएर मृत्यु भोग्नु पर्दा सरकारलाई चिन्ता छैन । विपन्न दलित बस्तीका राजु सदाको आर्थिक अवस्था कमजोर भएकै कारण उनले उपचार पाएनन् । बहिरो सरकारले उनको गुहार सुनेन । १६ वर्षे कलिलो उमेरमै आम सपनामा तिलान्जली दिन बाध्य भए ।

चेन्नईको एक होटेलमा काम गरेर परिवारको आर्थिक जिम्मेवारी पूरा गर्दै आएका उनले अन्तत मातृभूमिमै उपचार नपाएर पीडा खेपी खेपी तड्पीएर मृत्युवरण भोग्नु पर्दा कहाँ छ सरकार ? कस्को हो सरकार ? उनले कार्पेट मागेका थिएनन् । हेलिकप्टर र गाडी मागेका थिएनन् । स्थानीय सरकारसंग गलो सुक्दा जीवनजल पानी मागेका थिए । तर यो सरकारले त्यहि पनि उपलब्ध गर्न सकेन ।

ृउल्टै राजु सदा जस्तै लाखौं युवाका अगाडि १० अर्बको विल तेर्सायो । बाँच्ने आशमा नगरपालिकाले लौवाखोरमा सञ्चालन गरेको क्वारेन्टाइनमा राखिएका राजु होटलबाट निकालिएपछि हिड्दै कहिले भोकै त कहिले चाउचाउ विस्कुट खाएर गाँउ पुगेका थिए । झाडापखालाले थनथिलो परेका राजुलाई जवरजस्ती कोरोना हो भनेर आइसोलेसनमा राखिएकोले उनको परिवारले हेरचाह गर्न पनि पाएनन् । गरिब रोएको सरकारले नसुनेको उनका बुवाको भनाई छ ।

अस्पतालको चरम उपेक्षाले स्वास्थ्य बिग्रिदै गएपछि ९ असारको बिहान करिब ४ बजे उनको निधन भएको थियो । अस्पताल जाँदा नगरपालिकाको टिपरमा लगियो तर मृत्यु भएपछि एम्बुलेन्समा राजुको शव घरमा लगियो । कस्तो सरकार नागरिक प्रति गैरजिम्मेबार किन ? समयमै उपचार किन गर्दैन र १० अर्बका विल उपचारका नाममै किन देखाँउछ ? आम चाँसोको विषय बनेको छ ।

 


Thali Mobile Pvt.Ltd.